४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमाले विधान अधिवेशन सुरु हुँदै, सनराइज सम्मेलन केन्द्र रातै रङ्गियो



काठमाडौं । नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजदेखि सुरू हुनलागेको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा अधिवेशनमा भाग लिन देशभरबाट आएका प्रतिनिधिहरु, नेताहरु र कार्यकर्ताहरु पुगेका छन् । महाधिवेशनलाई केहीबेरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।

उद्घाटन सत्र सकिएपछि भोलि र पर्सि दुई दिन बन्द सत्रमा राजनीतिक प्रतिवेदन संगठनात्मक प्रतिवेदन र विधान प्रतिवेदनमाथि छलफल हुनेछ । १७ वटा समुहमा प्रतिनिधिहरुले समुहगत छलफल गर्नेछन् । छलफलको निस्कर्ष समुह नेताहरुले प्रस्तुत गरेपछि त्यसलाई संश्लेषण गर्दै अधिवेशन समपन हुने कार्यक्रम रहेको छ । महाधिवेशनमा ६ हजार प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

महाधिवेशनस्थलमा पुगेका प्रतिनिधि, नेता कार्यकर्ताहरु फोटो खिच्न व्यस्त छन् । मुख्य हलमा प्रवेश गर्नुअघि सबैको थर्मल गनबाट शरीरको तापमान लिइएको छ । । हलमा प्रवेश गर्न मास्क र सेनिटाइजर प्रयोग अनिवार्य गरिएको छ ।

सम्मेलनस्थल सनराइज सम्मेलन केन्द्र राता झण्डा र व्यानरले सिंगारिएको छ । यस्तै गोदावरी क्षेत्र हुँदै ललितपुरको सातदोवाटो मात्र नभएर काठमाडौंका अधिकांश क्षेत्रमा समेत अध्यक्ष केपी शर्मा ओलीको तस्विरसहितका व्यानर र पोस्टर टाँगिएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १२ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको