३ पुस २०८२, बिहिबार | December 18, 2025

फाइबर र पोलको भाडा नबुझाउने इन्टरनेट सेवाप्रदायकको तार काट्दै प्राधिकरण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबर र पोलको भाडा नबुझाउने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको लाइन काट्दैछ ।

विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर सेवा दिइरहेका तर भाडा नतिर्ने तथा सम्झौता नवीकरण नगर्ने सेवाप्रदायकको तार तथा उपकरण हटाउने चेतावनी १५ दिन अघि नै दिएको प्राधिकरणले आज शनिबारबाट कारबाही थाल्ने भएको हो ।

प्राधिकरणले दिएको समयसीमा अर्थात शुक्रबारसम्म सम्झौता नवीकरण नगर्ने, पोल तथा फाइबरको भाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको तार काटिन लागिएको हो । लामो समयदेखि विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच अप्टिकल तथा पोल भाडाको मूल्यलाई लिएर विवाद चल्दै आएको छ ।

इन्टरनेट सेवाप्रदायकहरूले प्राधिकरणले तोकेको पोल तथा फाइबर भाडाको मूल्य पाँच सय प्रतिशतले वृद्धि गर्नु अस्वभाविक भएको भन्दै परिमार्जन हुनुपर्ने अडान राखेका छन् ।

प्राधिकरण, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले भाडा नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको लाइन काटिने बताए । उनका अनुसार मुख्य लाइन काट्दा धेरै उपभोक्तालाई असर पर्ने भएकाले सुरुमा एक्सटेन्सन लाइन काटिनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ५९ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक