२१ माघ २०८२, बुधबार | February 4, 2026

फेरिए जमुनाहा प्रहरी इन्चार्ज, सई पुर्ण खत्रीलाई जिल्ला तानियो



नेपालगन्ज । बाँकेका प्रहरी प्रमुख र उप प्रमुखको संयुक्त छड्केबाट १७ प्रहरी कर्मचारीलाई कारवाही गर्दा इन्चार्जलाई उन्मुक्ति दिएको भन्दै सर्वत्र आलोचना भएपछि ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज पुर्ण खत्रीलाई जिल्ला तानेर नयाँ इन्चार्ज पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले वडा प्हरी कार्यालय नपालगन्जमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) मीनबहादुर विष्टलाई जमुनाह प्रहरीको इन्चार्ज बनाएर पठाएको छ ।

इन्चार्जलाई उन्मुक्ति दिएर प्रहरी हवल्दार सहित १७ जनालाई कारवाही गरेको भन्दै बाँके प्हरीको आलोचना भएको थियो । डीआईजीको निकट इन्चार्ज भएकै कारण इन्चार्जलाई जिल्ला प्रहरीले कारवाही गर्न नसकेको चर्चा चलेपछि जमुनाहाका इन्चार्जलाई जिल्ला तानिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नयाव उपरिक्षक मधुसुदन न्यौपानेले जमुनाहबाट सई खत्रीलाई हटाई सो स्थानमा विष्टलाई इन्चार्जको जिम्मा दिइएको जानकारी दिए । ‘छड्केका बेला इन्चार्ज कामकै शिलशिलामा कार्यालय बाहिर रहेकाले अनुसन्धाा जारी राख्दै तत्काल नतानिएको हो,’ डीएसपी न्यौपानेले भने, -‘अनुसन्धानकै चरणमा उनलाई हाल जिल्ला तानिएको छ, कसुर ठहरिए कानुन बमोजिम कारवाही हुन्छ ।’

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ९ : २५ बजे

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता

निर्वाचन प्रचारमा सामाजिक सञ्जालको दुरुपयोगप्रति एमालेको गम्भीर चिन्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१

संसद् पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनासम्बन्धी रिटमा