४ पुस २०८२, शुक्रबार | December 20, 2025

सबै कम्युनिष्ट तागत मिलेर आएपनि कांग्रेसले जित्नुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा काग्रेसले जित्नैपर्ने बताएका छन् ।

शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले आसन्न १४औं महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु मिलेर आएपनि जित्ने नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् ।

थापाले कम्युनिष्टहरु विरुद्ध जित्ने तागत कांग्रेसले आर्जन गर्नुपर्ने बताए । नेता थापाले भने, ‘कांग्रेस अर्काले पस्केको खाने जात होइन । हामी आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा कांग्रेसको झण्डा गाड्ने हो । र यो पटक कोहीसँग मिलेर होइन, एकल शक्तिका आधारमा पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसले लिने हो ।’ थापाले कम्युनिष्ट र मधेशी दलहरु एक भएर आए भने पनि जित्ने तागतसहितको संगठन निर्माण गर्नुपर्ने बताए । त्यसका लागि पार्टी महाधिवेशमा हुने निर्वाचनमा प्रतिनिधिहरुले विवेकपूर्ण निर्णय गर्ने उनले विश्वास व्यक्त गरे ।

नेता थापाले महाविधेशनले कांग्रेसमा शुद्धीकरण र संगठन सुदृढीकरण गर्नुपर्ने आवश्यकता देखाए । अहिले जसरी चलेको कांग्रेसले जनतालाई भरोसा दिलाउन नसक्ने उनको ठहर थियो । कांग्रेसभित्र ठूलो सुधारको खाँचो रहेको उनले औंल्याए । थापाले भने, कांग्रेसलाई शुद्धीकरणको खाँचो छ, सुदृढीकरणको खाँचो छ । त्यो शुद्धीकरण र सुदृढीकरण यो महाधिवेशनबाट गर्नुपर्ने छ ।’

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको