४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमालेको विधान महाधिवेशन: आज अध्यक्ष ओलीले जवाफ दिने



काठमाडौं । नेकपा ‘एमाले’को ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनको अन्तिम दिन आज अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन् ।

महाधिवेशनको पहिलो दिन ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

ती प्रतिवेदनमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय र विभाग, सात वटा प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन तथा प्रवासको समेत प्रतिनिधित्व रहेको १० वटा समूह बनाइएको थियो ।

१० मध्ये बाँकी रहेका पाँच समूहले आइतबार नै सुझाव पेस गरिसकेपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनबारे, महासचिव पोखरेलले सांगठनिक प्रतिवेदनबारे र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिनेछन् ।

गत शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी छन्। प्रतिवेदनमाथि प्राप्त सुझावमा दस्तावेज प्रस्तोताले सम्बोधन गरी पारित गर्ने कार्यसूची छ । महाधिवेशनले पार्टीको केन्द्रीय निर्वाचन आयोग पनि गठन गर्नेछ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ८ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको