२५ माघ २०८२, आइतबार | February 8, 2026

माछापुच्छ्रे बैंक २२ औँ वर्षमा प्रवेश, २० वर्ष भन्दा बढी काम गरेका कर्मचारीले पाए सम्मान



काठमाडौ । माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैँकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।

यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ ।
जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इकमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधि भर अधिकतम रु २१०० सम्मको क्यास ब्याक पाउन सक्नेछन् । क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरु पनि प्रधान गरी रहेको छ ।

डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिंङ्कबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नेछन् ।

साथै सबल उत्कृष्ट एंव विस्तारित पहिचान बनाएको बैंकको २१ वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहकवर्ग शेयरधनि, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तकहरुमा बैंकले हार्दिक कृतज्ञता व्यक्त गदैँ आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : २९ बजे

टी-२० विश्वकपमा नेपालको आज ऐतिहासिक सुरुवात, पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो भिडन्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत

महाशिवरात्रीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र

आजको मौसम : तराईमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बदली

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन आउन २५ दिन बाँकी : कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको