२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

लाफा बि लेभल पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न



बुटवल । लाफा समुहको आयोजनामा बुटवलमा जारी ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ को पहिलो चरणको खेल सम्पन्न भएका छन ।

मौसममा खराबी आएपछि खेल समापन गर्ने भनिएको दिनसम्म पहिलो चरणको खेल मात्र सकिएको हो । मौसमकै कारण खेल खेलाउन समस्या भएको समुहका अध्यक्ष तारा रेश्मीले बताए । आईतबार रातीसम्म भएको पहिलो चरणको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सैनामैना भलिबल सघलाई २–१, चरङे युवा क्लब  ले इभ्यालुएसन तामनगरलाई २–१, नमस्ते गुल्मी (बि) ले सेन्ट जोसेफ माविलाई २–१, जितेश्वरी युवा क्लबले न्यु होराइजन मा बि (बि)लाई २–१, दिप बोर्डिङले नव प्रभात जितपुर ४ नम्बरलाई २–१, आयोजक लाफा निलोले सिद्धार्थ युवा क्लबलाई २–०, लाङघाली युवा क्लबले सक्रिय युवा क्लबलाई २–१ सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि नयागाउ भलिबल क्लब र जि एम समाज कावसतीले वाक ओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन । आईतबार नै दोस्रो चरणको खेल सञ्चालन गरिने सयोजक केशव रानाले बताए ।

प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगिता सहभागी नभएका ४० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।

यसैगरि द्धितिय टिमले नगद २० हजार, तृतिय टिमले नगद १० हजार रुपैया तथा सान्त्वना टिमले नगद ५ हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने अध्यक्ष रेश्मीले बताए । आयोजकका अनुसार प्रतियोगिताको प्रथम, द्धितिय, तृतिय र सान्त्वना पुरस्कार युके निवासी दान बहादुर थापा, देविन थापा, ब्रुस थापा, खेम कुमार (रबि)थापा, दिपेन्द्र थापाले ७५ हजार रुपैया बराबर रकम सौजन्य गरेका हुन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १० : ०३ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा