४ पुस २०८२, शुक्रबार | December 20, 2025

आठौं महाधिवेशमा आफु अध्यक्षमा हारेको स्थान बुटवललाई रोजे ओलीले एमालेकाे दशौं महाधिवेशन स्थल



काठमाडौं । आठौं महाधिवेशनमा ११७ मतले अध्यक्ष पदमा पराजित भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु हारेकै स्थानलाई दशौं महाधिवेशन स्थलकारुपमा तोकेका छन् । आज सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनले १०औँ महाधिवेशन बुटवलमा गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

गोदावरीमा चलेको तीन दिने प्रथम विधान महाधिवेशन समापन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले १०औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका हुन् ।

केही कुराले असर नगरेमा १०औँ महाधिवेशन बुटवलमा गर्नेछौँ’, अध्यक्ष ओलीले भने ।

आज सम्पन्न विधान महाधिवेनले पार्टी केन्द्रीयक मिटीको तर्फबाट प्रस्तावित सांगठानिक संरचनालाई अस्विकार गर्दै केहि फेरबदल गरिदिएको छ । उपमहासचिव खारेज गर्ने, वरिष्ठ उपाध्यक्षको व्यावस्था नगर्ने प्रस्ताव गरिएकोमा महाधिवेशनले एक वरिष्ठसहित पाँच उपाध्यक्ष रहने गरी निर्णय गरेको छ । यसअघि, चार उपाध्यक्ष रहेकामा अब एक वरिष्ठ उपाध्यक्षसमेत थपेर पाँच उपाध्यक्ष रहने व्यवस्था प्रस्ताव गरिएको हो ।

यस्तै, एमालेमा उपमहासचिव पद नरहने प्रस्तावसहितको विधान मस्यौदा विधान महाधिवेशनमा पेस गरिएकोमा एमजना उपमहासचिव रहने निर्णय भएको छ ।

बुटवलमा २०६५ साल फागुन ५ देखि १४ गते सम्म चलेको आठौं महाधिवेशनमा ओली झलनाथ खनालसँग ११७ मतले पराजित भएका थिए ।

 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ११ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको