७ पुस २०८२, सोमबार | December 22, 2025

खण्डखण्डमा खुल्यो मनाङ सडक



मनाङ । गत १ असारको बाढीले बेँसीशहर-चामे सडक क्षतविक्षत भयो । मोटर त परको कुरा, मान्छे हिँड्न पनि मुस्किल थियो । विस्तारै चामे सडक खुल्ने क्रममा छ । अहिले बेँसीशहरदेखि बगरछापसम्म सिधै गाडी पुग्छ। त्यसपछि २०० मिटर लामो पहिरो छ ।

चामेबाट दानाक्युसम्म पनि गाडी ओहोरदोहोर गर्न थालेको छ । चामेदेखि तलेखुसम्मको बाटो पनि खुलेको छ । तलेखुदेखि भ्राताङसम्म भने छिटै सडक खुल्ने अवस्था नरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए । करिव एक किलोमिटर क्षेत्रमा ठूला भीर छन् । त्यसलाई ब्लाष्ट गरेर फुटाउनुपर्छ ।

‘भ्राताङको भिर खुल्यो । त्यहाँ गाडी चल्ने भयो आजदेखि । त्यो भिर काटेपछि भ्राताङदेखि खाङसारसम्म सजिलै गाडी गुड्छ’, उनले भने, ‘बेँसीशहरदेखि चामेसम्म पनि केही दिनभित्रमा खुल्छ । सबैतिर खुलिसक्यो । बगरछाप मात्र बाँकी हो ।’

बगरछापमा करिव २०० मिटर लामो सडकमा पहिरो गएको छ । पानी जमिनमुनिबाट बगिरहेको छ । ‘लेदोलाई ह्युमपाइप राखेर कटाउने र अन्त ढुंगा बिछ्याउने योजना छ । पर्सिसम्म खुल्छ होला’, उनले भने, ‘यो मर्मत अल्पकालीन मात्र हो । तत्काल गाडी चल्ने बाटो गरेका हौँ । पछि राम्रोसँग बनाउनुपर्छ ।’

जिल्लास्थित सरकारी टोलीले बगरछाप क्षेत्रको सडक रि-रुट गर्न सुझाव दिएको छ । खोत्रोमा पनि पहिरो खस्ने क्रम जारी छ । भ्राताङदेखि खाङसारसम्म मनाङ ङिस्याङ गाउँपालिकाले करिव २२ लाख रुपैयाँ लागतमा सडक खोलिएको हो भने बेँसीशहरदेखि चामेसम्मको सडक डुम्रे-बेँसीशसहर-चामे सडक आयोजनाले मर्मत गरेको हो । चामेसम्मको खण्डमा मर्मतका लागि एक करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएकामा उत्तरगया कन्स्ट्रक्सन कम्पनीले ५५ प्रतिशत घटेर ठेक्का लिएको लामिछानेले बताए ।

‘सुरुको एक महिना काम गर्नै आएन । आलटाल गर्‍यो । कालोसूचीमा हाल्छौँ भनेर दबाब दिएपछि अहिले धमाधम काम गरिरहेको छ’, उनले भने । अघिल्लो साता खोत्रोसम्म मात्र गाडी चल्थ्यो ।

सडक बगेपछि बेँसीशहर-चामे सडकमा व्यवसायीहरूले मनपरी भाडा लिन थालेका छन् । पहिले चामेसम्म एक हजार रुपैयाँ भाडा तोकिएकामा हाल दोब्बर अर्थात् दुई हजार रुपैयाँभन्दा बढी पर्छ । कसैले दुई हजार २०० रुपैयाँसम्म भाडा लिने गरेका छन् । मनपरी भाडा लिएपछि यात्रुहरू मर्कामा परेका छन् । भाडा मीतव्ययी बनाउन जिल्ला प्रशासनले खासै चासो नदिएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ७ : ५८ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८