२७ माघ २०८२, मंगलबार | February 10, 2026

३ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लवले सरकारलाई पठाए ज्ञापनपत्र



काठमाडौं । तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेर वहादुर देउवालाई ज्ञापन पत्र पठाएर सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको गुनासो गरेका छन् । ३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा ओली नेतृत्वको सरकार र त्यसपछि बनेको देउवा नेतृत्वको सरकारलाई पटक पटक ध्यानाकर्षण गराएपनि कार्यान्वयनमा चासो नदेखाएपछि विप्लवले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र मार्फत असन्तुष्टि जनाएका हुन् ।

केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग २०७७ फागुन २१ गते ३ बुँदे सहमति गर्दै विप्लव शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको घोषणा गरेका थिए । सहमतिको ७ महिना बित्न लाग्दा पनि दुबै सरकारको नेतृत्वले सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएको महासचिव विप्लवको गुनासो छ ।

तत्कालिन प्रधानमन्त्री ओलीले बहाना बनाएर माग पूरा नभएको र देउवा सरकार बनेको ३ महिना हुन लाग्दा पनि केही प्रगति नभएको भन्दै विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् । प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डमार्फत विप्लवले देउवालाई पठाएको ज्ञापनपत्रमा तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गएिको छ ।

आफूहरुको माग पूरा नगरेर राष्ट्रिय राजनीति, नेपालको राजनीतिक आन्दोलन र नेपाली जनताको निम्ति धोका भएको विप्लवको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा वार्ता र तीन बुँदे सहमतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पारेको सकारात्मक प्रभाव र जन अपेक्षा माथि तुसारापात भएको पनि लेखिएको छ ।

सरकार गठन भएको पहिलो हप्तामै तीन बुँदे सहमति कार्यन्वयनको विषयलाई लिएर देउवासँग पार्टीले छलफल गरेको ज्ञापनपत्रमा स्मरण गरिएको छ ।

‘आजका मितिसम्म बन्दी नेता कार्यकर्ताहरु रिहा नहुनु र मुद्दा खारेज नहुनुले हाम्रो पार्टी, बन्दी नेता कार्यकर्ताहरु, उहाँका परिवारजन र नेपाली जनतामा आक्रोश र चिन्ता पैदा भएको छ । यो विषयलाई गम्भीरताका साथ लिन जरुरी छ ।’ ज्ञापनपत्रमा लेखिएको छ, -‘हाम्रो पार्टी तीन बुँदे सहमतिप्रति पूर्ण प्रतिवद्धता सहित अक्षरशः लागू गरिराखेको छ र गर्ने छ ।’

विप्लवले आफूहरुको मागको गम्भिरता र संवेदनशीलतालाई दृष्टिगत गरी एक विशेष कार्यदल बनाएर समाधान गर्न अनुरोध गरेका छन् । यसअघि आइतबार पनि बालुवाटारमा पुगेर देउवालाई भेटेका प्रवक्ता प्रकाण्ड सोमबार फेरि ज्ञापनपत्र बोकेर पुगेका हुन् ।

 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १ : ५२ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी