२७ माघ २०८२, मंगलबार | February 10, 2026

न्यायिक कार्यप्रति भ्रम फैलाउने वा न्यायालयको प्रतिष्ठामा आँच पु-याउने कार्य गरेमा अवहेलना ठहर



काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रका विषयमा डा गोविन्द केसीले दिएको अभिव्यक्तिसम्बन्धी मुद्दामा अदालतको अवहेलना नभएको फैसला गरेको छ ।

न्यायाधीश दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, मीरा खड्का, प्रकाशमान सिंह राउत, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठको बृहत् पूर्ण इजलासले गत माघ २३ गतेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा अवहेलना नभएको ठहर गरेको हो ।

“न्याय सम्पादनमा अवरोध गर्ने वा अदालतका आदेश वा फैसलाको अवज्ञा गर्ने कार्यलाई रोक्ने अदालतको अन्तरनीहित अधिकारको सन्दर्भमा मुद्दाको उठेको विषयवस्तु र अवहेलना भयो भनी दाबी गरिएको कार्य कति गम्भीर छ”, फैसलामा भनिएको छ, “यसले अदालतको निष्पक्षता उपर प्रत्यक्ष आक्रमण गरेको वा सर्वसाधारणको नजरमा न्यायिक कार्यप्रति भ्रम फैलाउने वा न्यायालयको प्रतिष्ठामा आँच पु-याउने कार्य गरेको छ वा छैन भनी हेर्नुपर्ने र त्यस्ता कार्य भए/गरेको देखिएमा अवहेलनामा कारबाही र सजाय गर्न मिल्ने हो ।”

फैसलामा शक्तिको प्रयोग गर्दा संविधानप्रदत्त हक र स्वच्छ सुनुवाइका मान्यताहरूबारे समेत गहिरिएर विचार गरी सन्तुलित र सहिष्णु दृष्टिबाट निष्कर्षमा पुग्नुपर्ने उल्लेख छ ।

फैसलामा भनिएको छ, “अवहेलना भयो भनी उठाइएका विषयमध्ये कान्तिपुर दैनिकद्वारा प्रकाशित समाचारले अदालतको अवहेलना भयो भन्ने आधारको पुष्टि नगरेको र प्रा डा गोविन्द केसीउपरको कारवाहीको हकमा उहाँद्वारा प्रकाशित विज्ञप्ति र अभिव्यक्ति अशोभनीय देखिए पनि उहाँविरुद्दको कारबाहीमा स्वच्छ सुनुवाइको सिद्दान्तको सहीरूपमा अनुशरण गरिएको नपाइँदा दोषी ठहर गर्न नमिल्ने भएबाट अवहेलनामा सजाय हुनुपर्छ भन्ने दाबी पुग्न नसक्ने भई दुवै दाबी खारेज हुने ठहर्छ ।”

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ८ : ४२ बजे

नवलपुर-२ मा नाउपा नेपालले नेकपाका महतोलाई समर्थन गर्ने

नवलपुर । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले नवलपुर

पश्चिम नवलपरासीमा रविको चुनावलक्षित कार्यक्रम रोक्न प्रशासनको निर्देशन

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पश्चिम

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी । पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप

दक्षिण अफ्रिकाको विजयी सुरुवात, क्यानडा ५७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा