१८ माघ २०८२, आइतबार | February 1, 2026

चीनले नेपाललाई १० लाख डोज ‘सिनोभ्याक खोप’ अनुदान दिने



काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई फेरि कोरोना भाइरस विरुद्धको खोप अनुदान दिने घोषणा गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छीले आज स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेट गरी चीन सरकारले नेपाललाई १० लाख डोज सिनोभ्याक खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएकी हुन् ।

नेपालमा कोरोना भाइरसको संभावित तेस्रो लहरलाई रोक्नका लागि समेत चीनले अनुदान सहयोगको घोषणा गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीट गर्दै चीन सरकारले नेपाललाई ५० लाख चिनियाँ युआन ९ करोड २४ लाख रुपैयाँ) सहयोग गर्न लागेको जानकारी गराएका छन् ।
सिनोभ्याक खोप ल्याउनका लागि नेपाली र चिनियाँ अधिकारीहरुबीच आवश्यक छलफल भैरहेको छ । सिनोभ्याक खोप अहिलेसम्म नेपालमा प्रयोग भएको छैन ।

चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोना खोप अनुदान दिन लागेको पनि राज्यमन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।

यसअघि चीनले नेपाललाई पटकपटक गरी सिनोफार्म कम्पनीको भेरोसेल खोप अनुदान दिएको छ । खोपमा सबैभन्दा धेरै अनुदान दिने मुलुक चीन नै बनेको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  २ : ४८ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३