२५ चैत्र २०८२, बुधबार | April 8, 2026

चीनले नेपाललाई १० लाख डोज ‘सिनोभ्याक खोप’ अनुदान दिने



काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई फेरि कोरोना भाइरस विरुद्धको खोप अनुदान दिने घोषणा गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छीले आज स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेट गरी चीन सरकारले नेपाललाई १० लाख डोज सिनोभ्याक खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएकी हुन् ।

नेपालमा कोरोना भाइरसको संभावित तेस्रो लहरलाई रोक्नका लागि समेत चीनले अनुदान सहयोगको घोषणा गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीट गर्दै चीन सरकारले नेपाललाई ५० लाख चिनियाँ युआन ९ करोड २४ लाख रुपैयाँ) सहयोग गर्न लागेको जानकारी गराएका छन् ।
सिनोभ्याक खोप ल्याउनका लागि नेपाली र चिनियाँ अधिकारीहरुबीच आवश्यक छलफल भैरहेको छ । सिनोभ्याक खोप अहिलेसम्म नेपालमा प्रयोग भएको छैन ।

चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोना खोप अनुदान दिन लागेको पनि राज्यमन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।

यसअघि चीनले नेपाललाई पटकपटक गरी सिनोफार्म कम्पनीको भेरोसेल खोप अनुदान दिएको छ । खोपमा सबैभन्दा धेरै अनुदान दिने मुलुक चीन नै बनेको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  २ : ४८ बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना