२४ मंसिर २०८२, बुधबार | December 11, 2025

साफ च्याम्पियनसिप: माल्दिभ्सको पहिलो जित, बंगलादेश २-० ले पराजित



काठमाडौं । बंगलादेशलाई पराजित गर्दै घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा गएराति बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो ।

माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले १र१ गोल गरे । खेलको ५५औँ मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७४ औँ मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए ।

यो जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा माल्दिभ्स नेपालसँग १-० ले पराजित भएको थियो । बंगलादेशको यो पहिलो हार हो । यसअघि बंगलादेशले १ जित र १ बराबरीको नतिजा निकालेको थियो । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा छ ।

खेल तालिकामा २ जित सहित ६ अंक बनाएर नेपाल शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : ४० बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल