७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

अछाममा जन्ती गएर फर्किएको जीप दुर्घटना, तीन जनाको मृत्यु



अछाम । अछाममा विवाहमा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । से १ च १७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुईकामा दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा र १७ वर्षका जीवन जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृतक न्यौपाने र बोहरा पन्चदेवल विनायक नगरपालिका-२, का हुन् भने जैसी सोही नगरपालिका वडा नम्बर ३ का हुन् । दुर्घटनामा सवारीचालकसहित १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । मदन धामी र उपेन्द्र शाहीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ५७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल