८ बैशाख २०८१, शनिबार | April 20, 2024

अछाम जीप दुर्घटना अपडेट: चार जनाको मृत्यु (विस्तृत विवरणसहित)



अछाम । जन्ती गएर फर्किएको बोलेरो जीप अछाममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । से १ च १७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुईकामा दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा र १७ वर्षका जीवन जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । सोही नगरपालिकाका १७ वर्षीय हिमाल नेपालीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा सवारीचालकसहित १५ जना घाइते भएका छन् । १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने दुई जनालाई नेपालगन्ज लगिएको छ । मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको हो ।

घाइतेको विस्तृत विवरण

जीप दुर्घटनामा घाइते हुनेमा पञ्चदेवल विनायक नगरपालिका-२ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षीय जगत विक, १६ वर्षीय हिक्मत आउजी, १७ वर्षीय प्रेम नेपाली, १८ वर्षीय सन्तोष ढकाल र १९ वर्षीय दिपेन्द्र धामी रहेका छन ।

घाइते हुनेमा वडा नम्बर ८ का २२ खम्म खनाल, ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षीय दीक्षित भण्डारी र मंगलसेन नगरपालिका-५ का मेघराज भाट रहेका छन ।

भरत र सन्तोषलाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : ५१ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको