८ पुस २०८२, मंगलबार | December 23, 2025

तराईमा सबैको साझा बन्दै दशैँ



महोत्तरी । महोत्तरी पशुपतिनगरका धनीराम महतो दशैँलाई पनि छठ जस्तै रमाइलो गरी मनाउँछन् । पहिले-पहिले छठलाई विशेष पर्वका रुपमा मनाउने उनी आजकाल दशैँका लागि पनि विशेष योजना बनाउँछन् ।

आफू भन्दा ठुलाबाट दशैँमा टीका थापेर आशिष लिने रिवाज महतोलाई विशेष लाग्ने गर्छ । महतो जस्तै बर्दिबास पथलैयाका रामसेवकले पनि दशैँ फरक तरिकाले मनाउने तयारी गरेका छन् । दशैँ मनाउनेगरी उनको परिवारका सबै सदस्य घरमा भेला पनि भइसकेका छन् । सबैजना एकै ठाउँमा भेला हुने भएकाले उनले यो पर्व विशेष लाग्ने गर्छ ।

पहाडे तथा तराइबासीको सँस्कृतिहरूको अन्तरघुलनले अहिले हरेक चाडपर्व सबैको साझा बन्न थालेको उनको अनुभव छ । अघिल्लो वर्षको दशैँ कोरोना माहामारीका कारण निकै खल्लो बन्यो । मन्दिर तथा शक्तिपीठहरूमा पूजाआजा बन्द भएको र छरछिमेक, नातेदारहरूको घरमा समेत टीका थाप्न जान नपाएका कारण देशभर नै यसवर्षको दशैँ विशेष बनेको छ ।

मुस्लिम समुदायमा पनि दशैँ रौनक

मुस्लिम समुदायमा पनि दशैँको रौनक छ । मुस्लिमहरूको बाहुल्यता रहेको महोत्तरीस्थित सम्सी गाउँपालिकामा छिमेकका हिन्दुहरूले मनाउने पर्वमा आफुहरू पनि सहभागी बन्ने गरेको मोहम्मद फरान बताउँछन् । ‘हामी निराहार बसेर पर्व मनाउछौं तर दशैँमा मीठो-मीठो खाएर मनाइन्छ । यसैमा त छ मज्जा ।’ उनी भन्छन् ।

तराईमा छठ पर्वको अली बढी नै महत्व हुने भए पनि पशुपतीनगर, किसाननगर, पथलैयाका बासिन्दा दशैँ पनि छठ जत्तिकै धुमधामका साथ मनाउँछन् । उनीहरुले यस वर्ष घटस्थापनाका दिन दुर्गा मन्दिरमा कलश यात्रा समेत गरेका छन् ।

पहिला र अहिलेको तुलनामा तराइमा पर्व मनाउने तरिका फरक बन्दै गएको धेरैको बुझाइ छ । पहिले तराईमा दशैँको महत्व खासै नहुने भए पनि अहिले छठभन्दा पनि दसैंको महत्व बढी हुने गरेको धेरैको बुझाइ छ ।

दशैँलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूले समेत जिल्लामा सुरक्षित वातावरण सुनिश्चित गर्न योजना बनाएका छन् । दशैँ अवधीभर कुनै अप्रिय घटना रोक्न हरेक पालिकामा हेल्पडेस्क र सुरक्षाकर्मीहरुलाई थप संवेदनशील बन्न निर्देशन दिएको महोत्तरीका प्रवक्ता दिनेश आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : २० बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक