१८ चैत्र २०८२, बुधबार | April 1, 2026

साफ च्याम्पियनसिप : फाइनलमा नेपाल र भारत भिड्ने



काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिको लागि नेपाल र भारत भिड्ने भएका छन् ।

बुधबार भएको दोस्रो खेलमा भारतले आयोजक माल्दिभ्सलाई ३-१ को नतिजा निकाल्दै अन्तिम दुईको यात्रा तय गरेपछि नेपालसँग भेट पक्का भएको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्रीले २ तथा मनवीर सिंहले एक गोल गरे भने माल्दिभ्सका अलि अश्फाकले एक पेनाल्टी गोल गरेका थिए ।

भारत प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । भारतले ४ खेलमा ८ अंक जोड्यो । भारतले यसअघि नेपाललाई १-० ले पराजित गरेको थियो भने श्रीलंका र बंगलादेशसँग बराबरीमा रोकिएको थियो ।

बुधबार जारी लिग चरणको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको बंगलादेशसँग १-१को बराबरी खेलेर नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि होडमा पुगेको थियो । नेपालले ४ खेलमा ७ अंक जोड्दै उपविजेताको रुपमा फाइनल पुग्यो ।

यो नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोलीबीच २८ वर्षपछि फाइनल खेल तय भएको हो । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले बाजी मारेको थियो ।

फाइनल खेल आगामी शनिबार राति हुनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ७ : ३४ बजे

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा