२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

साफ च्याम्पियनसिप हेर्न माल्दिभ्सको राष्ट्रपति कार्यालयले दियो नेपालीहरुलाई छुट्टी



माल्दिभ्स । माल्दिभ्सको राष्ट्रपति कार्यालयमा कार्यरत नेपालीहरुले आज हुने नेपाल र भारतबीचको साफ च्याम्पियनसिप फुटवल हेर्न पाउने भएका छन् । माल्दिभ्सको राष्ट्रपति कार्यालयले आफ्नो कार्यालयमा कार्यरत नेपालीहरूलाई साफ च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न हुने भारतविरूद्ध फाइनल खेल हेर्न छुट्टि दिएको हो। राजधानी मालेमा रहेको राष्ट्रपति कार्यालयमा २५ जनाको हाराहारीमा नेपालीहरू कार्यारत रहेको बताइएको छ ।

राष्ट्रपति कार्यालयले नेपालीलाई फुटबल हेर्न छुट्टि दिएको यो पहिलो घटना भएको माल्दिभ्समा कार्यरत नेपाली अधिकारी सन्तोष मगरले जानकारी दिए । मगर माल्दिभ्समा नेपालीहरुका लागि सहयोगी भूमिकाका रहेका नेपाली अधिकारी हुन् । माल्दिभ्समा नेपाली राजदूतावास नरहेका कारण माल्दिभ्सलाई हाल श्रीलंकामा रहेको नेपाली दूतावासले हेर्ने गरेको छ।

८ हजार दर्शक क्षमता रहेको मालेको राष्ट्रिय रंगशालामा आज २ हजार बढी नेपालीले फइनल खेल हेर्नका लागि टिकट बुक गराएको मगरले बताए ।

मालेमा घरेलु कामदारकारुपमा रहेका नेपालीहरुलाई पनि त्याहाँका घरवालाहरुले आज फुटवल हेर्नकै लागि बिदा दिएको जनाइएको छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १ : १८ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा