६ पुस २०८२, आइतबार | December 21, 2025

आदिनाथ मेलाको तयारी पूरा



काठमाडौं । आदिनाथको मन्दिरमा एकमहिने मेलाका लागि तयारी पूरा भएको छ । प्रत्येक वर्ष आश्विन शुल्क पूर्णिमादेखि कात्तिक शुल्क पूर्णिमासम्म मेलाका लागि आवश्यक तयारी पूरा गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

गत वर्ष महामारीका कारण मन्दिरमा नियमित पूजाबाहेकका अन्य पूजा तथा दर्शनका लागि बन्द गरिएको थियो । स्वास्थ्य मापदण्डलाई कायम गरी भक्तजनलाई दर्शनको व्यवस्था मिलाएर भीड व्यवस्थापन गरिने छ । मन्दिर आसपासमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने नियम बनाइएको पुजारी सरोज शाक्यले जानकारी दिए।

काठमाडौं उपत्यका तथा त्यस वरपर क्षेत्रका भक्तजन मेला भर्नका लागि यहाँ आउने गर्दछन् । रत्नपार्कदेखि करिब नौ किलोमिटर दक्षिणतर्फको दूरीमा पर्ने उक्त मन्दिरमा मेला भरेमा पारिवारिक सुख, समृद्धि कायम हुने जनविश्वास छ ।

आदि नर र आदि नारीका रुपमा अभिव्यक्त भएको मूर्तिलाई आदिनाथ भनेर पुज्ने गरिन्छ । प्रत्येक वर्ष चैतेदशैंका दिन मूर्तिलाई स्नान गराई खटजात्रा गरिने चलन छ । त्यस अवधिमा पनि भक्तजनको मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ८ : ४३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा