२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : बंगलादेशको सुपर-१२ सम्भावना जीवित, ओमान पराजित



काठमाडौं । बंगलादेशले आईसीसी टी-ट्वान्टी विश्वकप २०२१ मा घरेलु टोली ओमानलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । बंगलादेशले दिएको १५४ रनको विजयी लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रनमा समेटियो ।

ओमानका ओपनर जतिन्दर सिंहले सर्वाधिक ४० रनको योगदान दिए । कश्याप प्रजापतीले २१ रन बनाए । बंगलादेशका तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले ४ विकेट लिए । स्पिनर सकिब अल हसनले ३ विकेट लिए ।

यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बंगलादेश निर्धारित २० ओभरमा १५३ रनमा अल आउट भएको थियो । बंगलादेशका ओपनर मोहम्मद नईमले सर्वाधिक ६४ रनको योगदान दिए । सकिब अल हसन ४२ रनमा रन आउट भए ।

ओमानका तीव्र गतिका बलर बिलाल खानले ३ विकेट लिए । अर्का तीव्र गतिका बलर फैज बुटले ३ विकेट लिए । समूह बी मा रहेको बंगलादेशले आफ्नो दोस्रो खेलमा ओमानलाई पराजित गर्दै सुपर १२ को सम्भावना जीवित राखेको छ ।

पहिलो चरणको समूह बीमा रहेको स्कटल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा १ मा जित र १ मा हारसहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । पपुवा न्युगिनी सुरुवाती दुई दुबै खेलमा हारका साथ समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समान १ खेल खेल्दा श्रीलंका २ अंकका साथ शीर्षस्थानमा छ । आयरल्यान्डको २ अंक भए पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स र नामिबिया अंकविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन् ।

समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहने छन् । शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ३१ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा