४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाढी-पहिरोमा फसेकाहरुको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी



धनगढी । अविरल वर्षासँगै सुदूरपश्चिममा आएको बाढी पहिरोमा परेर फसेका नागरिकको उद्धारका लागि प्रदेश सरकारले पहाडी जिल्लामा हेलिकोप्टर पठाउने तयारी गरेको छ ।

मंगलबार मौसम अनुकूल नहुँदा पहाडी क्षेत्रमा हेलिकोप्टर पठाउन सकिएको थिएन । आज मौसममा केही सुधार भएसँगै बैतडी र बझाङस्थित बाढी पहिरोमा परेर फसेका नागरिकको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् ।

प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री जोशीले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइने बताइन् । ‘पहाडी क्षेत्रमा सञ्चार सेवा विच्छेद हुँदा जोखिमको पूर्ण जानकारी आएको छैन,’ मन्त्री जोशीले भनिन्, ‘केही स्थानमा हिजोदेखि मानिस फसेको भन्ने जानकारी आएको छ । ती स्थानमा तत्कालै हेलिकोप्टर पठाउने तयारी गरिएको छ ।’

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ८ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको