११ माघ २०८२, आइतबार | January 25, 2026

काठमाडौं भित्रिने मुख्य नाकामै नाजुक सडक



काठमाडौं । स्थलमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे-नागढुंगा सडकमा दैनिक हजारौ सवारी साधन गुड्छन् । तर उक्त सडक जताततै खाल्डाखुल्डी र भत्किएर छियाछिया छ । नौबिसेदेखि-नागढुंगासम्मको दुरी करिब १४ किलोमिटर सडक छ ।

उक्त खण्डमा अधिकांश स्थानमा सडक भत्किएर छियाछिया बनेको छ । भर्खरै नेपालीको ठूलो चाड दसैं सकिएको छ । दसैं मनाएर उपत्यका भित्रिने यात्रुको संख्या दिनहुँ बढिरहेको छ । तर दुर्भाग्य, नौबिसे-नागढुंगा सडकको नाजुक स्थितिकै कारण सवारी साधनलाई १४ किलोमिटर दुरी छिचोल्न ३ देखि १२ घन्टासम्म लाग्छ ।

विशेष गरेर नौबिसे-नागढुंगा खण्डमा खत्रीपौवा, खानीखोला, भूतघर, झयाप्लेखोला आसपासको सडक कतै खाल्डाखुल्डी त कतै पहिरो खसेर पुरिएका छन् । जसले गर्दा साँझबिहान असाध्यै जाम हुन थालेको छ ।

पाल्पाको रामपुरबाट काठमाडौं फर्किंदै गरेका यात्रु अनिल शर्माले सडक विभागले नियमित मर्मतसम्भार नगर्दा नौबिसे-नागढुंगा सडक खण्डमा मंगलबार चार घन्टा जाममा फसेको गुनासो गरे । ‘अरू बेला मर्मतसम्भार नगरे पनि दसैंको बेला त गरे हुन्थ्यो नि १ अहिले यात्रुहरू दैनिक चारदेखि १२ घन्टासम्म नौबिसे-नागढुंगाको जाममा फस्दै आइरहेका छन्,’ उनले भने, ‘राजधानी भित्रिने मुख्य नाकाकै यस्तो हालत छ भने अन्य ठाउँको सडकको हालत कस्तो होला रु’ शर्माले सरकारलाई सडकबाट कर मात्रै उठाउने नभई नियमित मर्मतसम्भार गर्न समेत सुझाए ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक ठाकुर सापकोटा नौबिसे-नागढुंगा खण्ड भत्किएर जीर्ण भएकाले पिक आवरमा सवारी साधन अत्याधिक जाममा पर्ने बताउँछन् । ‘अहिले झ्याप्लेखोला, भूतघर, खत्रीपौवा र सुरुङमार्ग वरपरको सडक भत्किएर बेहाल छ,’ उनले भने, ‘एकातर्फ उकालो सडक र अर्कोतर्फ खाल्डाखुल्डी भएपछि त जाम नहुने कुरै भएन । सडक विभाग तथा डिभिजन सडक कार्यालयलाई मर्मतसम्भार गर्न बारम्बार अनुरोध गरे पनि बेवास्था गरेकाले अहिले सवारी वारपार गर्न समस्या भइरहेको छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार राति १२ बजेतिर ग्यास बोेकेको ट्रक दुर्घटना हुँदा पनि ट्राफिक जाम अझै बढेको थियो । महाशाखाका अनुसार गत असोज ११ गतदेखि कात्तिक ३ गते बिहानसम्म काठमाडौं उपत्यकाका चारवटै नाकाबाट नौ लाख ९५ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन् । आजको नागरिक दैनिकमा हिमाल लम्सालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ७ : ०७ बजे

विवादास्पद व्यापारीको करोडौँको गाडी प्रकरणमा बालेन शाह मौन, पत्रकारको प्रश्न टार्दै हिँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेस-एमालेका उम्मेदवार विजयी

बुटवल । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस

कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका थापा तथा एमालेका पोर्तेल र मेचे विजयी

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर

सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सामाजिक सञ्जालबाट भ्रम फैलाउनेविरुद्ध कारबाही

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी