१० चैत्र २०८२, मंगलबार | March 24, 2026

शैक्षिक सामग्री तथा ब्याग वितरण



बुटवल । किवानीज ईन्टरनेशनल सेन्टर बुटवलले बुटवल उपमहानगरपालिका वडा नं. १९ को मनोहरापुर स्थित अमर माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

किवानीज वन डे को अवसरमा क्लबले शनिबार विद्यालयका २३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कपिकलम, पेन्टिङ सामग्रीसहित शैक्षिक सामग्रीको ब्याग हस्तान्तरण गरि दिवस मनाएको हो ।

हरेक वर्ष २३ अक्टोबरका दिन किवानीज वन डे का रुपमा मनाइदै आएको अध्यक्ष अध्यक्ष टिकाराम पाण्डेले बताए । एक कार्यक्रमका बिच क्लबका अध्यक्ष टिकाराम पाण्डे, निर्वाचित अध्यक्ष गोपाल ज्ञवाली, निवर्तमान अध्यक्ष मनोज राना, प्रदेश संयोजक तथा संस्थापक अध्यक्ष बालकृष्ण अर्याल, पुर्व अध्यक्ष विष्णुप्रसाद चापागाई, सचिव सागर गौतम, सदस्यहरु निरज श्रेष्ठ, ओमप्रसाद अर्याल, विद्यालयका प्राचार्य मातृका प्रसाद वाग्लेले बालबालिकाहरुलाई सामग्री हस्तान्तरण गरेका छन ।

बुटवल उपमहानगरपालिका भित्र रहेपनि विकासबाट पिछडिएको सो विद्यालयलाई रोजेर वार्षिक कार्यक्रम गर्दै आएको प्रदेश संयोजक तथा संस्थापक अध्यक्ष बालकृष्ण अर्यालले बताए । यसैगरि कक्षा १ देखि ५ सम्मका २३ जना विद्यार्थीहरुमाझ खुला चित्रकला प्रतियोगितासमेत गरिएको छ। बालबालिकाहरुलाई रुचि अनुसार विभिन्न चित्र कोरेर रंगरोगन गरेका थिए ।

प्रतियोगितामा दिपा थारु प्रथम हुँदै नगद ३ सय रुपैया, यसैगरि आशिका थारु द्घितिय स्थान हासिल गर्दै नगद २ सय रुपैया तथा राहुल यादव र सिजन परियार तृतिय, सान्त्वना हुने रामनारायण यादव र अश्विन यादवलाई नगदबाट पुरस्कृत गरिएको थियो ।

किवानीजले विश्वब्यापी रुपमा आयोडिन युक्त नुन अभियान चलाएको छ । विश्वब्यापी रुपमा रहेको क्लबको हाल रुपन्देहीमा ३ वटा शाखाहरु छन । विद्यालय परिसरमा निर्माण गरिएको फलामे पिङसमेत हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ८ : ५३ बजे

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक