२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : अस्ट्रेलियाले विजयी सुरुआत



काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ ।

शनिबार भएको सुपर-१२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको एक ११९ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेटको गुमाएर पूरा गर्‍यो ।

अस्ट्रेलियाको जितमा स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए । यस्तै मार्कुस स्टोइनिसले २४ रन जोड्दा ग्लेन म्याक्सवेलले १८ र म्याथु वेडले १५ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाका एनरिक नर्टजीले दुई विकेट लिँदा कागिसो रवाडा, केसव महाराज र तवरेज साम्सीले समान १-१ विकेट लिए ।

यसअघि अबुधाबीमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौं विकेट गुमाउँदै ११८ रनको योगफल बनायो । दक्षिण अफ्रिकाका आइदेन मार्करामले सर्वाधिक ४० रन जोडे । त्यस्तै कगिसो रवाडाले १९ र डेभिड मिलरले १६ रन बनाए ।

अस्ट्रेलियाका मिचेल स्टार्क, जोस हेजलउड र एडम जाम्पाले समान दुई विकेट हात पारे ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : ३५ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा