२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिन्छ : मन्त्री गहतराज



काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन् ।

आईतबार युवा तथा खेलकुद मन्त्रालयमा बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरुको विदाई गर्दै मन्त्री गहतराजले खेलाडीहरुको मनोबल बढाउन व्यवस्थापकीय कुराहरुमा मन्त्रालयले ध्यान दिने बताएका हुन् । गहतराजले खेलाडीहरुको मनोबल बढाउनका लागि मन्त्रालयले नयाँ तरिका र नयाँपन अपनाइरहेको बताए ।

मन्त्री गहतराजले खेलका बेला मात्रै खेलाडीहरुलाई राष्ट्रका गहना भन्ने र अरु बेला घर फर्काइदिने परिपाटी उचित नभएको बताउँदै यो परिपाटीलाई सरकारले गम्भीरताका साथ लिने र खेलकुद क्षेत्रको प्रगतिमा मन्त्रालय लागि पर्ने जनाए । उनले नेपालीहरु कसैको कहिल्यै अधिनमा नबसेको र वीर गोर्खालीहरुको देश भएकोले खेलाडीहरुले त्यसलाई मनमा राखेर शक्ति र साहसका साथ खेल्न हौसला दिए ।

मन्त्री गहतराजले खेलाडीहरुले नेपाली माटो र गौरव गाथालाई सम्झिएर खेल्न आग्रह गरे । उनले अबको ध्येय जित भएको बताउँदै आँट र साहसका साथ खेलेको देख्न र उपाधि नेपाल ल्याउने आशमा आफू र देश रहेको भन्दै जितको स्वागतका लागि मन्त्रालय तयार भएको बताए ।

बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागी हुन राष्ट्रिय सिनियर र जुनियर टीमका खेलाडीहरुलाई मन्त्री गहतराजले खादा र अविर लगाएर विदाइ गरेका हुन् । जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागी हुन १२ जना खेलाडीहरु सोमवार बंगलादेश प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ४ : १६ बजे

भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गर्दा धम्की आए पनि सरकार नडराउने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम

एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

चलचित्र परानले ग¥यो करिब १७ करोडको व्यापार, अरुको कति ?

काठमाडौं । पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक