१ चैत्र २०८२, आइतबार | March 16, 2026

मुख्यमन्त्री शाक्यले बुझाइन प्रदेश प्रमुख समक्ष राजीनामा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजनीनामा दिएकी छिन् ।
शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् ।

प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी शाक्यले त्यहाँबाट निस्किएर प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाएकी हुन् ।

त्यसअघि बुधबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाक्यले आफुले पदबाट राजीनामा दिन लागेको घोषणा गरेकी थिइन । उनले भनिन, ‘मुख्यमन्त्रीको नाताले मैले मार्गप्रशस्त गरेकी छु ।’ उनले आफुलाई छोटो समयको बीचमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । शाक्यले आगामी दिनमा मिलेर अघि बढ्ने बाटो एमालेले यही देखेका कारण आफुले राजीनामा गरेको जिकिर गरिन ।

नेकपा एमालेकी उपाध्यक्ष रहेकी शाक्य गत भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन । उनलाई त्यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएर मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।

एमालेमा माधवकुमार नेपाल पक्षधर रहँदै आएकी शाक्य नेपालले नयाँ पार्टी गठन गर्नुअघि पार्टीको संस्थापन पक्षमा विलय हुँदै मुख्यमन्त्री बन्ने बाटो लिएकी थिइन । तर संसदमा एकल बहुमत रहेको एमालेमा विभाजन आएलगत्तै शाक्यको पद सुरुदेखि नै धरापमा पर्दैआएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : ३० बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन