२१ माघ २०८२, बुधबार | February 4, 2026

खोलाको किनारदेखि आँगनसम्मै अलैँची, नर्सरीमा २५ लाख बिरुवा



लमजुङ । युवाजनशक्ति विदेश पलायन हुँदा गाउँघरका खेत बाँझो बनिरहेका छन् । खेतबारी बनमारा घाँस र कुरोको बोटले लपक्क ढाकेको बाँझो बनेका छन् । तर, गरे सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन् उत्तरी लमजुङको छिनखोला गाउँका बासिन्दा । उच्च पहाडी भेगमा वन्यजन्तुको शिकार गरेर गुजारा चलाउने मनासशयले पुर्खाले बसालेको डाँडापाखा र भिरालो बस्ती अहिले छिनखोलाका बासिन्दाले गाउँकै मुहार फेरेका छन् ।

आजभन्दा १७ वर्षअघि भेँडा, बाख्रा, गाईभैँसी पालेर जीविका चलाउँदै आएका उनीहरुले पुरानो कृषि प्रणालीलाई विस्थापित गरेका छन् । पछिल्लो समय कृषकको आम्दानीको मुख्य स्रोतको रुपमा स्थापित भएको अलैँची खेतीप्रति लगाब ठूलो छ । पहिला कोदो, मकै, आलु र अन्य खाद्यन्न बाली उब्जिने खेतबारी अहिले अलैँची खेतीले भरिएका छन् । छिनखोलाको किनारदेखि घरको आँगन र कर्सासम्मै अलैँची रोपेका छन् ।

अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङ मर्स्याङ्दी गाउँपालिका-७ छिनखोलाका स्थानीय हुन् । उनले भने, ‘छिनखोला लमजुङमा सबैभन्दा बढी अलैँची उत्पादन गर्न सफल भएको गाउँ हो । गाउँलेले वार्षिक ८० देखि १ सय २० क्विन्टल अलैँची उत्पादन गर्ने गर्छन् ।

अध्यक्ष तामाङका अनुसार छिनखोलाका विभिन्न नर्सरीमा २० देखि २५ लाखको हाराहारीमा अलैँचीको बिरुवा छन् । अलैँची व्यवसाय महासंघ नेपालले लमजुङको अलैँची अरु जिल्लामा उत्पादन हुने अलैँचीभन्दा गुणस्तर भएको प्रमाणित गर्दै यसअघि नै सम्मानित गरिसकेको छ । नेपालको पूर्वीजिल्ला इलाम, ताप्लेजुङमा हुने अलैंचीलाई लमजुङमा व्यवसायिक रुपमा खेती गर्ने कार्य तीब्र गतिमा बिरहेकोले अलैँचीको पकेट क्षेत्रको रुपमा अघि बढेको हो ।

जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामशाई, गोलसाई जातका अलैँची खेती गरिँदै आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण अलैंची जोन लमजुङले जनाएको छ ।

हाल नेपालका ४२ जिल्लामा अलैंची खेती विस्तार भइसकेको छ । नेपालमा उत्पादित अलैँची अब आफ्नै ट्रेडमार्कमार्फत तेस्रो मुलुक पठाउने तयारी व्यवसायीले गरिरहेका छन् । अलैँची निर्यात गर्न बंगलादेशसँग छलफल भइरहेको अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष तामाङले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : ३३ बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य