२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

पीएसजीको पुनरागमन जित



काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा पुनरागमन जित निकालेको छ ।

शुक्रबारको खेलमा पीएजजीले साविकको विजेता लिलमाथि १-० ले पछि परेको स्थिति उल्टाउदै २-१ को पूनरागमन जित निकालेको हो ।

पीएसजीको जितमा अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारियाले एक गोलसँगै एक असिस्ट उपलब्ध गराए । मार्किन्हसले एक गोल गरे । पहिलो हाफमा पछि परेको पीएसजीले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भएको हो ।

खेलको ३१ मिनेटमा लिलका जोनाथन डेभिडले गोल गर्दै भ्रमणमा रहेको लिललाई अग्रता दिलाए । दोस्रो हाफमा डि मारियाको पासमा ७४ मिनेटमा मार्किन्हसले बराबरी गोल गरे ।

खेल सकिन २ मिनेट अघि नेयमारको पासमा डि मारियाले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए । खेलमा स्टार खेलाडी लिओनल मेस्सी, नेयमार गोल बिहिन रहे ।

जितपछि शीर्ष स्थानमा रहेको पीएसजीको १२ खेलबाट ३१ अंक पुगेको छ । पराजित लिल १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : ५८ बजे

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा