४ पुस २०८२, शुक्रबार | December 19, 2025

विश्व सहरीकरण दिवस : सांस्कृतिक सम्पदा मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर



काठमाडौं । आज ३१ अक्टोबर अर्थात विश्व सहरीकरण दिवस । विश्वव्यापी सहरीकरणको अवसर, सहरीकरणका चुनौतीका सामना तथा सहरका एक आपसमा सहयोगका आदान-प्रदान गर्दै सहरी विकासका लागि योगदान पु¥याउने उद्देश्यका साथ विश्वभर विश्व सहरीकरण दिवस मनाइँदै छ ।

‘प्रमुख सहरी रूपान्तरण’ मूल नाराका साथ सन् २०१४ मा चीनमा पहिलो पटक सहरीकरण दिवस मनाइएको थियो । यस वर्ष ‘जलवायु लचिलोपनका लागि सहरहरू अनुकूलन गर्ने’ नाराका साथ विश्व सहरीकरण दिवस मनाइँदै छ ।

संसारभर बाढी, खडेरी, समुन्द्री सतहमा आएको वृद्धि, बढ्दो गर्मी, पहिरो तथा आँधी जस्ता जलवायु सम्बन्धी प्रकोपको असर बढ्दै गएको सन्दर्भमा विश्व सहरीकरणको दिवसले खास अर्थ राख्छ ।

व्यवस्थित आवास, यातायात, संचार जस्ता दैनिकीलाई सहज बनाउने सबै किसिमका सेवासुविधायुक्त क्षेत्रलाई नै सहर भनिन्छ र यो हुनु वा बनाउनुलाई सहरीकरण भनिन्छ । तर, अहिले सहरीकरणको नाममा प्रकृतिक तथा सांस्कृतिक सम्पदालाई मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर छाएको छ । यस्ता गतिविधिले सहरलाई अस्तित्वहिन मानव बस्ती बनाउनु बाहेक अरु कुनै परिवर्तन गर्न सक्दैन ।

व्यवस्थीत सहरीकरणमा समयसँगै विकास भएका प्रविधिको प्रयोग हुनु एउटा पाटो भए पनि हाम्रा कला, सांस्कृतिक तथा सामाजिक पहिचानको पनि संरक्षण गर्नु अहिलेको आवश्यकता छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : २४ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म