२४ मंसिर २०८२, बुधबार | December 11, 2025

एएफसी यू-२३ छनोट : लेबनानसँग प्रतिस्पर्धा गर्दै नेपाल



काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) लेबनानसँग प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानमा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपाल लेबनानसँग भिड्न लागेको हो ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । नेपाल र लेबनान दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

लेबनानविरुद्ध मैदान उत्रँदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । लेबनान पनि नेपाललाई हराएर सुखद अन्त्य चाहन्छ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले तथा दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोलअन्तरले पराजित भएको थियो ।

अंकबिहीन नेपाल समूहको पुछारमा रहेको छ भने लेबनान तेस्रो स्थानमा रहेको छ । ताजिकिस्तान ६ अंकसहित शीर्ष स्थानमा रहँदा समान अंक रहेको इरान इरान दोस्रो स्थानमा छ ।

यस समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछ भने दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : २८ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल