२९ माघ २०८२, बिहिबार | February 12, 2026

एएफसी यू-२३ छनोट : लेबनानसँग प्रतिस्पर्धा गर्दै नेपाल



काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) लेबनानसँग प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानमा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपाल लेबनानसँग भिड्न लागेको हो ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । नेपाल र लेबनान दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

लेबनानविरुद्ध मैदान उत्रँदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । लेबनान पनि नेपाललाई हराएर सुखद अन्त्य चाहन्छ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले तथा दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोलअन्तरले पराजित भएको थियो ।

अंकबिहीन नेपाल समूहको पुछारमा रहेको छ भने लेबनान तेस्रो स्थानमा रहेको छ । ताजिकिस्तान ६ अंकसहित शीर्ष स्थानमा रहँदा समान अंक रहेको इरान इरान दोस्रो स्थानमा छ ।

यस समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछ भने दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : २८ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी