२४ मंसिर २०८२, बुधबार | December 11, 2025

जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगितामा सम्पन्न



बुटवल । रुपन्देही जिल्ला टेबल टेनिस संघले जिल्ला स्तरीय अन्तर मा वि टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा कार्तिक १२ र १३ गते सम्पन्न भएको हो ।

रुपन्देहीका २२ वटा विद्यालय को सहभागितामा २५७ खेलाडी को सहभागिता रहेको थियो । विभिन्न उमेर समुहमा १२ वर्ष मुनि छत्ररछात्रा,१६ वर्ष मुनि को छात्ररछात्रा,छात्ररछात्रा डबल र शिक्षक गरि ७ वटा विद्यामा प्रतियोगिता आयोजना गरिएको संघका सचिव महेश खनालले जानकारी दिए ।

६ वटा गोल्ड मेडल मध्ये ३ गोल्ड मेडल प्राप्त गरि न्यु होराइजन प्रथम भएको छ भने २ गोल्ड मेडल संगै गार्गी एकेडेमी दोस्रो र १र१ गोल्ड मेडल सङसङै स्मृति बोर्डिङ र एपेक्स स्कुल तेस्रो भएका छन ।

यस्तै दीप बोर्डिङ का पृतम जिएम र एपेक्सकी रोशनी भण्डारी ले उदयमान खेलाडी उपाधी चुमे । रुपन्देही जिल्ला टेबल टेनिस संघका अध्यक्ष सुरेन्द्र कुमार शाक्यको अध्यक्षता, बुटवल नगर खेलकुद विकास समितिको अध्यक्ष नन्दु काउचाको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला खेलकुद विकास समितिको कार्यलय प्रमुख राजेन्द्र श्रेष्ठको विशिस्ट आतिथ्यता, संघका सस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठको आतिथ्यता, संघका सल्लाहकार बिष्णु ढकाल, प्रेस सल्लाहकार दिपक न्यौपानेको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नर बहादुर क्षेत्रीको स्वागत र सचिव महेश खनालको संचालनमा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ३ : ३१ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल