४ पुस २०८२, शुक्रबार | December 20, 2025

रसुवागढी नाकाबाट भेडा–च्याङ्ग्रा नेपाल भित्रिए



रसुवा । चीनसँगको व्यापारिक नाका रसुवागढीबाट भेँडा(च्याङग्रा नेपाल भित्र्याइएको छ ।

शनिबार चीनबाट ५० वटा भेँडा च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले बताए । तिहार नजिकिँदै जाँदा बजारमा मासुको माग बढेको छ ।

‘सय भन्दा बढी भेँडा-च्याङ्ग्राको माग गरिए पनि थोरै संख्यामा आपूर्ति भएको छ,’ उनले भने ।

विगतभन्दा यो वर्ष भेँडा च्याङ्ग्राको भाउ महँगो रहेको न्यौपानेले बताए । एउटै भेँडा च्याङ्ग्रामा ३ हजारदेखि ३ हजार ५ सयसम्म महँगो परेको उनले बताए । नेपाल भित्रिएका भेँडा(च्याङ्ग्राको मूल्य ३२ हजारसम्म परेको छ ।

दसैँमा १ सय ७० भेँडा-च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल ल्याइएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको