१५ चैत्र २०८२, आइतबार | March 29, 2026

रुपन्देहीको मर्चवारमा प्राविधिक शिक्षालय खोल्ने प्रदेश शिक्षामन्त्री खानको प्रतिबद्धता



बुटवल । लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खानले मर्चवारमा प्राविधिक शिक्षालय स्थापना गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै एउटा प्राविधिक शिक्षालय स्थापना गरिने बताए ।

नेपाली कांग्रेस मर्चवारी गाउँपालिकाले मर्चवारी–५ मा आयोजना गरेको मन्त्री खाँको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सल्लाह, सुझाव अनुसार अगाडी बढ्ने बताए । मन्त्री खाँले धार्मिक पर्यटकीय स्थल मर्चवारीदेवी मन्दिरको गुरुयोजना बनाएर यसको विकासका लागि काम अगाडी बढाइने बताए ।

‘मर्चवारमा रहेको मर्चवारीदेवी मन्दिर धार्मिक आस्थाको केन्द्र हो, यसको विकासका लागि लागिपर्नेछु, ’उनले भने, -‘मर्चवार क्षेत्रको विकासको लागि ८०÷९० करोड बजेट छुट्टाइएको उनको भनाइ थियो । ‘मन्त्री बन्नु मात्र ठूलो कुरा होइन, मन्त्री बनेर असल काम गर्नु ठूलो कुरा हो, चुनाव जिताउनुभयो, सरकारमा थिएनौ, तर अहिले सरकारमा गएका छौं,’ उनले भने ।

रुपन्देही क्षेत्र नम्बर ४ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित खाँलाई स्वागत तथा सम्मान गर्नु अघि कांग्रेस नेता तथा कार्यकर्ताहरुले हाटीबनगाई चोकदेखि कार्यक्रमस्थल मर्चवारीदेवी मन्दिर अगाडीसम्म ¥याली निकालेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ३६ बजे

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका-१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर । भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त