२१ चैत्र २०८२, शनिबार | April 4, 2026

तिहारमा बत्ती बाल्दा सावधानी अपनाऔँ



काठमाडौं । तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा उज्यालो मात्रै होइन आगलागीको सम्भावना उत्तिकै रहने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।

जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले भने, “आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटीका कारण हुने घटना हो । त्यसैले आफ्नो नियन्त्रणमा रहने गरी नै बत्तीको प्रयोग गर्नु उत्तम उपाय हो ।”

काठमाडौंंलगायत सहरी क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने जानकारी उनले दिए । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती र माटाका पालामा बाल्ने दियो सम्झन्छौँ श्रेष्ठले भने, “यस प्रकारका सामानको प्रयोग गर्दा सावधानी अपनाउन सकेनौँ भने आगलागीको समस्या आउन सक्छ । आगलागीको अर्को कारण भनेको यस विषयमा मानिसमा चेतनाको कमी समेत हो ।”

तिहारमा ‘धनकी देवी’ लक्ष्मी भित्र्याउने धार्मिक विश्वाससँगै घरमा दियो तथा झिलिमिली बत्ती बाल्ने चलन छ तर चाडपर्वका बेला यस्ता सामग्रीको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेको श्रेष्ठले बताए । उनका अनुसार तिहारमा घरको प्रायः सबैतिर दियो बाल्ने परम्परा छ ।

कहिलेकाहीँ सडक जामका कारण दमकल आउन ढिला हुनसक्छ त्यस्तो अवस्थामा आफूले केही सावधानीको उपाय अपनाउन सकिने श्रेष्ठको भनाइ छ । बिजुलीबाट भएको आगलागीमा पानीबाट निभाउनु झन् खतरा हुन्छ, उनले भने, “यसका लागि हामीले बालुवा वा माटोको सहायताबाट आगो निभाउन सक्छौँ ।

यसैगरी दीपावली गरेपछि घरको एक व्यक्तिले दियो व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ भने घरमा आवश्यकभन्दा बढी विद्युतीय सामग्री एकैपटक बाल्नसमेत हुँदैन । सकेसम्म एकसाथ सबै विद्युतीय सामग्रीको प्रयोग नगर्न सुझाव दिए। तिहारमा विभिन्न परिकार बनाउने गरिन्छ, त्यसैले तेलको कराहीमा आगो बलेमा पानी हाल्नु हुँदैन । पानी राख्दा आगो झन् बल्छ ।

कुनै सामग्रीले कराहीलाई ढाक्नुपर्छ । यसो गर्दा अक्सिजन कम हुन गई आगो निभ्छ । तेल पोखिएर वा उछिटिएर शरीरमा आगो लागेमा डराएर दौड्नु हुँदैन । दौड्दा अक्सिजन धेरै प्राप्त हुनाले आगो झन् बल्ने सम्भावना हुन्छ । त्यसैले यथास्थानमा नै उभिनुपर्छ । सकेसम्म बाक्लो कपडा वा बोराले शरीर छोपिदिनुपर्छ । भुइँमा पल्टनु उचित हुन्छ । यसो गर्दा अक्सिजन कम हुन गई आगो निभाउन सकिन्छ ।

जुद्ध वारुणयन्त्रको तथ्याङ्कअनुसार महानगरपालिकाभित्र मात्रै २०७५ मा आठवटा आगलागी भएका थिए । आजको गोरखापत्र दैनिकमा यलु जोशीले यो समाचार लेखेकी छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : ११ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा