२ पुस २०८२, बुधबार | December 17, 2025

टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण



लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले नागरिकलाई सहज बनाउन टोलटोलमा पुगेर भत्ता वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार बैंकसम्म आउन नागरिकलाई असहज हुने भएकाले टोलमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरिएको हो ।

गाउँपालिकाले १ नम्बर वडादेखि ९ सम्मका नागरिकलाई टोलमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरेको छ । अशक्त र अपांगता भएकालाई भने घरमै पुगेर प्रदान गरिएको हो । ग्लोबल आईएमई बैंक नौथर शाखाको समन्वयमा टोलटोलमा पुगेर प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

नागरिकलाई दशैं लगत्तै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो । अशक्त र अपांगता भएका नागरिकलाई बैंक सम्म आउन समस्या हुने भएकाले वडाको पायक पर्ने ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता दिइएको हो ।

नौथरसम्म आउन केही गाउँका नागरिकलाई १ दिन लाग्ने भएकाले विकटतालाई मध्यनजर गरी उक्त व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सम्शेर गुरुङले बताए । गाउँपालिकामा २ हजार ८ सय ८० जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् ।

बृद्धबृद्धा, एकल महिला, अपांगता भएका व्यक्तिलाई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ९ : ३२ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका