२१ चैत्र २०८२, शनिबार | April 4, 2026

टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण



लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले नागरिकलाई सहज बनाउन टोलटोलमा पुगेर भत्ता वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार बैंकसम्म आउन नागरिकलाई असहज हुने भएकाले टोलमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरिएको हो ।

गाउँपालिकाले १ नम्बर वडादेखि ९ सम्मका नागरिकलाई टोलमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरेको छ । अशक्त र अपांगता भएकालाई भने घरमै पुगेर प्रदान गरिएको हो । ग्लोबल आईएमई बैंक नौथर शाखाको समन्वयमा टोलटोलमा पुगेर प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

नागरिकलाई दशैं लगत्तै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो । अशक्त र अपांगता भएका नागरिकलाई बैंक सम्म आउन समस्या हुने भएकाले वडाको पायक पर्ने ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता दिइएको हो ।

नौथरसम्म आउन केही गाउँका नागरिकलाई १ दिन लाग्ने भएकाले विकटतालाई मध्यनजर गरी उक्त व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सम्शेर गुरुङले बताए । गाउँपालिकामा २ हजार ८ सय ८० जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् ।

बृद्धबृद्धा, एकल महिला, अपांगता भएका व्यक्तिलाई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ९ : ३२ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा