९ पुस २०८२, बुधबार | December 25, 2025

लुम्बिनी प्रदेशकै अत्याधुनिक सुविधा सम्पन्न ‘वेष्टर्न मार्ट’ नेपालगन्जमा सञ्चालन



बाँके । नेपालगन्जमा ‘वेष्टर्न मार्ट’ सपिङ्ग मल सञ्चालनमा आएको छ । एकै छानामुनि हरियो सागदेखि अत्याधुनिक इलेक्ट्रोनिक्स तथा घरायसी भाँडाकुँडा एकै स्थानमा पाइने गरी मार्ट सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएको मार्टमा वेष्टर्न बिजनेस ग्रुपको लगानी छ । वेस्टर्न मार्टका अध्यक्ष प्रकाश लामिछानेका अनुसार यो मल लुम्बिनी प्रदेशकै अत्याधुनिक सुविधा सम्पन्न सपिङ मल हो ।

उनले भने, ‘हामीले एउटै छानामुनि सागदेखि भाँडाकुँडा, खाद्यान्न, इलेक्ट्रोनिक्स सामग्री उपलब्ध गराउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याएका हौं । यसको सफलतालाई विश्लेषण गरी अन्य स्थानमा पनि ‘आउटलेट’ सञ्चालन गर्ने तयारी गरेका छौं ।’ वेष्टर्न मार्टको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा।धवलशमशेर राणाले गर्दै नेपालगन्जमा यसखाले मार्ट सञ्चालनले नेपालगन्जको व्यवसायिक विकासमा टेवा पुग्ने बताए ।

कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, बाँके चेम्बर अफ कमर्सका अध्यक्ष सतिसकुमार अग्रवालले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । मलका अध्यक्ष सञ्जय थापाले मल निर्माणमा हालसम्म १८ करोड लगानी भइसकेको जानकारी दिए । मार्टमा ५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ९ : ३९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना