२१ चैत्र २०८२, शनिबार | April 4, 2026

लुम्बिनी प्रदेशकै अत्याधुनिक सुविधा सम्पन्न ‘वेष्टर्न मार्ट’ नेपालगन्जमा सञ्चालन



बाँके । नेपालगन्जमा ‘वेष्टर्न मार्ट’ सपिङ्ग मल सञ्चालनमा आएको छ । एकै छानामुनि हरियो सागदेखि अत्याधुनिक इलेक्ट्रोनिक्स तथा घरायसी भाँडाकुँडा एकै स्थानमा पाइने गरी मार्ट सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएको मार्टमा वेष्टर्न बिजनेस ग्रुपको लगानी छ । वेस्टर्न मार्टका अध्यक्ष प्रकाश लामिछानेका अनुसार यो मल लुम्बिनी प्रदेशकै अत्याधुनिक सुविधा सम्पन्न सपिङ मल हो ।

उनले भने, ‘हामीले एउटै छानामुनि सागदेखि भाँडाकुँडा, खाद्यान्न, इलेक्ट्रोनिक्स सामग्री उपलब्ध गराउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याएका हौं । यसको सफलतालाई विश्लेषण गरी अन्य स्थानमा पनि ‘आउटलेट’ सञ्चालन गर्ने तयारी गरेका छौं ।’ वेष्टर्न मार्टको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा।धवलशमशेर राणाले गर्दै नेपालगन्जमा यसखाले मार्ट सञ्चालनले नेपालगन्जको व्यवसायिक विकासमा टेवा पुग्ने बताए ।

कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, बाँके चेम्बर अफ कमर्सका अध्यक्ष सतिसकुमार अग्रवालले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । मलका अध्यक्ष सञ्जय थापाले मल निर्माणमा हालसम्म १८ करोड लगानी भइसकेको जानकारी दिए । मार्टमा ५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ९ : ३९ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा