२१ चैत्र २०८२, शनिबार | April 4, 2026

लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र कृषि विकास निर्देशनालयको आर्थिक बर्ष २०७८/२९ को बार्षिक कार्यक्रम सार्वजनिक



बुटवल । लुम्बिनी प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गतका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र कृषि विकास निर्देशनालयले आर्थिक बर्ष २०७८/२९ को बार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् ।

मत्स्य विकास निर्देशनालय रुपन्देहीमा आयोजना गरिएको एक कार्यक्रममा मार्फत् निर्देशनालयहरुले आफ्नो बार्षिक कार्यक्रम सार्वजनिक गरेको हुन ।

कृषि विकास निर्देशनालयले ८ करोड ४ लाख ४६ हजार रुपैयाँको कार्यक्रम सार्वजनिक गरेको छ । बजेटमध्ये ३ करोड ६९ लाख ८० हजार रुपैयाँ पूँजिगत तर्फ र ४ करोड ३८ लाख ६६ हजार रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरी कार्यक्रमहरु तय भएका छन् ।

चालूतर्फका कार्यक्रममा कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, कृषि तथा पशुपन्छि श्रोत तथा प्रविधि सेवा विस्तार कार्यक्रम, कृषि तथा पशुपन्छिजन्य उद्योग, यन्त्र तथा पूर्वाधार विकास कार्यक्रमहरु प्राथमकितामा परेका छन् ।

निर्देशनालयका बरिष्ठ कृषि प्रसार अधिकृत रामप्रसाद पाण्डेले बजेटले कृषि उत्पादनको बढोत्तरीलाई प्राथमिकतामा राखेको बताए । कार्यक्रम सार्वजनिक गर्दै उनले समग्र प्रदेशको कृषि क्षेत्रको नीति तथा योजनाको कार्यन्वयन हुने गरी कार्यक्रम निर्माण गरिएको बताए ।

त्यस्तै मत्स्य तथा पशुपन्छि विकास निर्देशनालयले ६ करोड ६२ लाख ७१ हजार रुपैयाँको बार्षिक बजेट अनुसारको योजना सार्वजनिक गरेको छ । कुल बजेटमध्ये पूजिगत तर्फ ८४ लाख ५० हजार रुपैयाँ पूजिगततर्फ, २ करोड २० लाख ५७ हजार रुपैयाँ चालु खर्च तर्फ विनियोजन गरिएको छ भने ३ करोड ५७ लाख ६४ हजार रुपैयाँको कार्यक्रम सार्वजनिक गरिएको छ ।

निर्देशनालयका निमित्त निर्देशक डा. परवेज आलमले पूर्वपश्चिम राजमार्ग लक्षित नीजि तथा सहकारीको साझेदारीमा मिल्क पार्लर स्थापना तथा गौशाला आयमुलक कार्यक्रम जस्ता नयाँ कार्यक्ररम समावेश गरिएको जानकारी दिए । उनले आर्थिक बर्ष ०७८/७९ को बार्षिक कार्यक्रममा अनुदानका कार्यक्रमहरुमा धेरै कटौती गरिएको जानकारी दिंदै अनुदानिक कार्यक्रमहरु मातहतका जिल्ला कार्यालयहरुलाई दिइएको बताए । उनले भने, ‘अनुदान कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी सूचना प्रकाशनका साथै पत्राचार गरी प्रकृया अगाडि बढेको छ ।’

कार्यक्रमकी प्रमुख अतिथी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयकी सचिव डा.शान्ता कार्कीले कृषि उत्पादननोन्मुख अनुदानिक कार्यक्रमहरुलाई प्रकावकारी रुपमा सञ्चालन गर्नु पर्ने बताइन् । कार्यक्रममा बोल्दै कृषि विकास निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा दुबै निर्देशनालय मातहतका जिल्ला तहका कार्यालयका प्रतिनिधि तथा कृषकहरुको सहभागित रहेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ०० बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा