७ आश्विन २०८३, बुधबार | September 23, 2026

साई कृपा सहकारीद्वारा सार्वजनिक सुनुवाई



बुटवल । श्री साई कृपा कृषि सहकारी संस्था लि.ले दुग्ध संकलन, प्रशोधन र विविधिकरणका उदेश्यले निर्माण गर्न लागेको भवनका लागि बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना बुटवलको अनुदानमा बुटवल–१७, हरिहरपुरमा निर्माण हुन लागेको उक्त औद्योगिक भवनले समाजमा पार्ने असर र प्रभावको बारेमा स्थानीयहरुवीच सार्वजनिक सुनुवाई गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै सोही वडाका जनप्रतिनिधि वडा सदस्य गोपीकृष्ण पाण्डेले दुग्ध जन्यवस्तु संकलन तथा उत्पादन गर्ने उदेश्यले यस वडामा स्थापना निर्माण हुन लागेको उक्त भवनले यस क्षेत्रका कृषकहरुलाई निकै राहत मिल्ने बताए । यस भवन निर्माण पश्चात कृषिमा व्यवसायीकरण र आधुनिकिकरणमा पनि टेवा पुग्ने उनले बताए ।

सहकारी संस्थाको सक्रियतामा अगाडि बढाइएको यस कार्यमा वडा कार्यालयको तर्फबाट पनि सक्दो सहयोग र साथ रहने प्रतिवद्धता जनाए । कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद खरेलले दुग्ध किसानहरुलाई आधुनिकतातर्फ आकर्षित गरी कृषिमा आधुनिकीकरण गर्ने उदेश्यले यो भवनको निर्माण गर्न लागिएको बताए । यस भवन निर्माणपश्चात उक्त भवनबाट दुग्ध संकलन, वितरण, प्रशोधन र विविधिकरण गरी थुप्रै दुग्धजन्य उत्पादनहरु उत्पादन गरी विभिन्न शहरहरुमा विक्रिवितरण गरिने योजना रहेको बताए ।

भवनको लागि अनुदान दिने नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना बुटवलकी प्रतिनिधि शान्ता पौडेलले किसानहरुको उत्पादनले उपयुक्त बजार पाओस र कृषकहरुलाई राहत मिलोस भन्ने उदेश्यले यो भवन निर्माणका लागि अनुदान प्रदान गरिएको बताईन । उनका अनुसार कुल १ करोड ६२ लाखको यस परियोजनाका लागि सहकारी र परियोजनाको आधा आधा लगानी रहनेछ ।

परियोजनामा भवन निर्माण, दुध ढुवानीक लागि गाडी ट्यांकर, अटोमेटिक प्लान्ट, चिस्यान सामग्री लगायत रहनेछन् । उक्त उनले सम्झौता अनुसार समयमा कार्य सम्पन्न नगरे भुक्तानीमा समस्या हुने भन्दै समयमै कार्य सम्पन्न गरी सम्झौताअनुसारको भुक्तानी लिन आयोजकलाई आग्रह गरिन ।

कार्यक्रममा नेकपा एमालेका जंग बहादुर खत्री, नेपाली कांग्रेसका भिम प्रसाद न्यौपाने, परियोजना संयोजक रामनाथ माली, स्थानीय समाजसेवी ग्यामलाल भुषाल, राजु गौडेल, ज्ञान बहादुर रेश्मी, गंगाराम ढकाल, मुकुन्द भण्डारी, माया थापा, लगायतले बोल्दै यस वडामा स्थापना हुन लागेको दुग्ध प्रशोधनसहितको भवनले यस वडावासीलाई झनै गौरवको महसुस हुने बताउदै यसका लागि वडावासीको पुर्ण समर्थन रहेको बताए । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष खरेलको अध्यक्षता, उपाध्यक्ष लिलाधर गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : २९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई