२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

भारतको कोभ्याक्सिनलाई डब्लूएचओले दियो मान्यता



नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा विकसित खोपलाई मान्यता दिएको छ । डब्लूएचओले भारत सरकारले विकसित गरेको कोभिड १९ खोप कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको हो ।

तेस्रो चरणको क्लिनिकल परीक्षण जारी रहेकै बेला जनवरीमा सो खोपलाई भारतमा अनुमोदन गरिएको थियो । अनुमोदनपछि त्यसबारे चासो बढेको थियो । खोप निर्माता भरत बायोटेकले खोप ७८ प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएको थियो ।

बायोटेकका अध्यक्ष डा.कृष्ण इलाले खोप २०० प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएका थिए । खोपको जोखिमभन्दा पनि फाइदा भएको डब्लूएचओले एउटा ट््विटमा उल्लेख गरेको छ ।

गत महिना भरत बायोटेकले भरेर पठाएको फाईल जाँच गर्ने क्रममा डब्लूएचओको विज्ञहरुको एउटा प्यानलले कम्पनीसँग अझै बढी तथ्यांक उपलब्ध गराउन माग गरेको थियो ।

डब्लूएचओले सो खोप चार साताको अन्तरमा १८ वर्ष माथिका व्यक्तिलाई दुई डोज दिन सकिने सुझाव दिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ७ : ३२ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट