२१ चैत्र २०८२, शनिबार | April 4, 2026

कालाबांगमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा



गलेश्वर । वर्षौदेखि टुकी र सिठाको धिपधिपे उज्यालोमा जीवनयापन गर्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका-६ पाखापानी कालाबांगवासी केन्द्रीय प्रसारण लाइनको विद्युतले गाउँ नै झिलीमिली भएपछि खुसी छन् ।

पाखापानीको कमथानदेखि घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्ग बस्तीका ५० घरमा विद्युत् विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले यी गाउँमा विद्युतीकरण गरेपछि गाउँ उज्यालो भएको रघुगंगा-६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताए ।

यसअघि त्यहाँका बासिन्दा लघुजलविद्युत परियोजनाको बिजुली, सोलार र टुकीमा निर्भर थिए । केन्द्रीय प्रशारण लाइन विस्तारपछि टेलिभिजन हेर्न, कम्प्युटर र ल्यापटप चलाउन, मोबाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको उनले जानकारी दिए ।

विद्युतीकरणका लागि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको थियो । रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसंख्याको बसोबास छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ०६ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ