२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

स्पेनिस ला लिगा : ६ गोल भएको खेलमा बार्सिलोना रोकियो, रियल विजयी



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिँदा रियल मड्रिडले जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता लियो । दोस्रो हाफमा ३ गोल व्यहोर्दै बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो ।

सेल्टा भिगोको मैदानमा सुरुवाती ३ गोल भए पनि बार्सिलोना अन्तिम समय ३-३ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।

बार्सिलोनाका लागि अन्सु फाती, सर्जियो बुस्केट र मेम्फिस डिपाएले एक-एक गोल गरे । सेल्टा भिगोको लागि लागो आसपासले दुई तथा नोलिटोले एक गोल गरे ।

जोडी अल्वाको पासमा फातीले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाए । कप्तान सर्जियो बुस्केटले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ३४औँ मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए ।

दोस्रो हाफमा घरेलु टोली सेल्टाले लगातार तीन गोल गर्‍यो । बराबरीपछि बार्सिलोना १७ अंकसहित नवौँ स्थानमा छ । सेल्टाभिगो १५ औँ स्थानमा छ ।

शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको रियलले रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा रियललाई जिताउन टोनि क्रूस र करिम बेन्जेमाले एक-एक गोल गरे । भालेकानोको लागि राडामेल फाल्काओले सान्त्वना गोल गरे ।

जितसँगै रियल १२ खेलबाट २७ अंकसहित शीर्ष स्थानमा छ । १३ खेलबाट २० अंकसहित भालेकानो छैटौँ स्थानमा रह्यो ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : २१ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात