२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

स्पेनिस ला लिगा : ६ गोल भएको खेलमा बार्सिलोना रोकियो, रियल विजयी



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिँदा रियल मड्रिडले जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता लियो । दोस्रो हाफमा ३ गोल व्यहोर्दै बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो ।

सेल्टा भिगोको मैदानमा सुरुवाती ३ गोल भए पनि बार्सिलोना अन्तिम समय ३-३ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।

बार्सिलोनाका लागि अन्सु फाती, सर्जियो बुस्केट र मेम्फिस डिपाएले एक-एक गोल गरे । सेल्टा भिगोको लागि लागो आसपासले दुई तथा नोलिटोले एक गोल गरे ।

जोडी अल्वाको पासमा फातीले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाए । कप्तान सर्जियो बुस्केटले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ३४औँ मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए ।

दोस्रो हाफमा घरेलु टोली सेल्टाले लगातार तीन गोल गर्‍यो । बराबरीपछि बार्सिलोना १७ अंकसहित नवौँ स्थानमा छ । सेल्टाभिगो १५ औँ स्थानमा छ ।

शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको रियलले रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा रियललाई जिताउन टोनि क्रूस र करिम बेन्जेमाले एक-एक गोल गरे । भालेकानोको लागि राडामेल फाल्काओले सान्त्वना गोल गरे ।

जितसँगै रियल १२ खेलबाट २७ अंकसहित शीर्ष स्थानमा छ । १३ खेलबाट २० अंकसहित भालेकानो छैटौँ स्थानमा रह्यो ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : २१ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र