२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना, ९४ जनाको जलेर मृत्यु



एजेन्सी । सियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको बिस्फोटमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ ।

बिस्फोटमा दर्जनौं मानिस घाइते भएका छन् । लरीसँग ठोकिएपछि टयांकरको इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले वरपरका मानिस र सवारी साधनमा सल्किएको थियो ।

ट्याकरनजिक मानिसहरुका डढेका शव छरपस्ट देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ट्यांकर ठोकिएपछि भएको आगोलागीबाट ठूलो मानवीय क्षति भएकोप्रति राष्ट्रपति जुलियस मादा बायोले गहिरो दुःख व्यक्त गरेका छन् ।

दुर्घटनापछि जलेर १०० भन्दा बढी मानिसको ज्यान गएको फ्रीटाउनका मेयर वाइभोन सवेरले बताएका छन् । फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जनाको उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ४० बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट