२ पुस २०८२, बुधबार | December 18, 2025

बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव



म्याग्दी । म्याग्दीस्थित बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ । पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ ।

पन्ध्रबाट ५० शय्यामा स्तरोन्नति भएको पाँच वर्षसम्म पनि अस्पतालको नयाँ भवन निर्माणले पूर्णता पाउन र दरबन्दीअनुसारका जनशक्ति व्यवस्थापन हुनसकेको छैन । फरक-फरक ठाउँमा अस्थायी संरचना बनाएर सघन उपचार, डायलायसिस, कोभिड र बालरोग उपचार कक्ष थपेर ६४ शय्याको सेवा सञ्चालन गरेको छ ।

अस्पतालमा कार्यरत अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी करारका भएका प्रमुख चिकित्सक जितेन्द्र कँडेलले जानकारी दिए । ‘नौ चिकित्सक र सात स्टाफ नर्सले ६ वार्ड चलाउनुपरेको छ’, उनले भने, ‘सबै दरबन्दीको पदपूर्ति नहुँदा कार्यरत चिकित्सक र नर्सलाई कार्यबोझ परेको छ ।’

अस्पतालमा हाल स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमित रूपमा सघन उपचार कक्ष (आइसीयू) सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘आइसीयू कक्ष नियमित रूपमा सञ्चालन गर्नका लागि कम्तीमा एकरएक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने चिकित्सक (एनएसथीसियोलोजिस्ट) आवश्यक पर्छ’, उनले भने, ‘अस्पतालमा हाल मौजुदामध्ये थप ६ जना चिकित्सक र १२ स्टाफ नर्स आवश्यक पर्छ ।’

सर्वसाधारणले समयमा सेवा नपाउने, भएका जनशक्तिलाई कामको बोझ हुने र जिल्ला बाहिर जानुपर्ने समस्या भएको स्थानीयवासी बालकृष्ण सुवेदीले बताए । गत आर्थिक वर्ष २०७७/७८ मा ३५ हजार १७४ जनालाई सेवा दिएको अस्पतालबाट २० जनाले डायलायसिस, १२३ वटा शल्यक्रियामार्फत गरिनेसहित ७३४ जनाले प्रसूति र २०३ जना कोरोना सङ्क्रमितको उपचार भएको छ ।

निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्षसमेत रहेका रबि सिंहसमेत संलग्न महादेव-खिम्ती-गल्वा-रफिना जेभीले विसं २०७३ मङ्सिरमा रु १८ करोड ८४ लाखमा ठेक्का लिएको बेनी अस्पतालको भवन निर्माण कार्य एक वर्षयता अलपत्र छ ।

विसं २०७६ मङ्सिरमा सकिनुपर्ने चारतले तीनवटा भवन निर्माणको हालसम्मको भौतिक प्रगति ६० प्रतिशत रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका प्रमुख प्रभाकरलाल कर्णले बताए । ‘विभिन्न चरणमा भएको लिखित र मौखिक प्रतिबद्धताअनुसार भवन निर्माणलाई गति दिन नसकेपछि ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेका छौँ’, उनले भने, ‘जमानी बसेको बैंकलाई पहिलो चरणको पत्र काटेका छौँ । अब पत्रिकामा सार्वजनिक सूचना जारी गर्छौँ ।’

नयाँ भवन बनाउन पुरानो भत्काइएपछि बहिरङ्ग कक्ष अस्थायी भवन, आकस्मिक र अन्तरङ्ग कक्ष प्रशासनिक भवनबाट सञ्चालन भएको छ । स्वास्थ्य कार्यालयको भवनमा प्रशासन, व्यवस्थापन समितिको कार्यालय, डायलायसिस र आइसीयू कक्ष राखिएको अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णता दिएर दरबन्दीअनुसारका जनशक्तिको व्यवस्थापनमा माथिल्लो निकायले वास्ता नगरेको व्यवस्थापन समितिका अध्यक्ष कटुवालले गुनासो गरे ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ८ : ३४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल