२१ चैत्र २०८२, शनिबार | April 4, 2026

कर्णालीमा आलोपालो : १५ वैशाखपछि नेकपा एसको मुख्यमन्त्री



सुर्खेत । कर्णाली प्रदेशमा आउँदो १५ वैशाखपछि नेकपा (एकीकृत समाजवादी)ले सरकारको नेतृत्व गर्ने भएको छ ।

गत ३ वैशाखमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा तत्कालीन एमालेको माधव नेपाल समूह (हाल एकिकृत समाजवादी), नेपाली कांग्रेस र माओवादी केन्द्रबीच ११ बुँदे समझदारी भएको थियो । त्यो समझदारीअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यही १५ कात्तिकमा राजीनामा दिएका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत ३ वैशाखमा विश्वासको मत लिँदा २ वैशाखको राती तत्कालीन एमालेका चा जना सांसदले फ्लोर क्रस गर्ने र ६र६ महिना तीन दल (माओवादी, कांग्रेस र नेकपा एस)ले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको समझदारीमा त्यो समझदारी गर्ने बैठकमा सहभागी एक नेताले न्युज कारखानालाई बताए ।

‘हामीले ६र६ महिना सरकारको नेतृत्व गर्ने समझदारी गरेका हौँ’, उनले भने, ‘त्यही समझदारीअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा गरेर कांग्रेसबाट मुख्यमन्त्रीमा जीवनबहादुर शाही बनिसक्नु भएको छ । उहाँले १५ वैशाखपछि एकीकृत समाजवादीलाई नेतृत्व हस्तारन्तरण गर्नुहुन्छ ।’

मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा भएको ११ बुँदे सम्झौता अहिले कुनै पक्षले सार्वजनिक गरेका छैनन् । २ वैशाखमा गरिएका सम्झौताका विषयमा नाम नबताउने सर्तमा केही बुँदा सार्वजनिक गर्दै आएका छन् ।

मुख्यमन्त्री शाहीले १४ कात्तिकसम्म पनि कर्णाली प्रदेश सरकारको नेतृत्व नछाड्ने देखेपछि कांग्रेसनिकट नेताहरूले ११ बुँदे सम्झौता भएको अभिव्यक्ति दिएका थिए । हालका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्झौताअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पालना नगरे कर्णालीमा नयाँ कोर्सबाट काम गर्न तयार रहेको बताएका थिए ।

मुख्यमन्त्री शाहीले राजीनामा दिँदा आफुले गरेको सम्झौताको इमान्दार पालना गरेको बताएका थिए । त्यसबेला समझदारी गर्दा एमालेबाट फ्लोर क्रस गरेका सांसदहरूलाई उपनिर्वाचनमा लड्दा माओवादी केन्द्र र नेपाल कांग्रेसले उनी उपनिर्वाचन उठेका क्षेत्रमा आफ्ना उम्मेदवार नलडाउने पनि सम्झौता भएको र अहिले उपनिर्वाचन हुने अवस्थामा पनि नरहेको उनले जानकारी दिए ।

सम्झौताको इमान्दार पालना गरे आउँदो १५ वैशाखपछि कर्णालीमा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउनेछ । कर्णालीमा एकीकृत समाजवादीले मुगुका चन्द्रबहादुर शाहीलाई संसदीय दलको नेतामा चयन गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १२ : ०१ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ