२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : न्युजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो



काठमाडौं । न्युजिल्यान्ड आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सुपर-१२ को समूह-२ मा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

न्युजिल्यान्डको यस जितसँगै उपाधी दाबेदार मानिएको भारत भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । लगातार चार खेल जित्दै समूह९२ बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ ।

न्युजिल्यान्डले १२५ रनको लक्ष्य १८ ओभर एक बलमा दुई विकेट गुमाएर पुरा गर्‍यो । न्युजिल्यान्डको जितमा कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन जोडे । डेभोन कोनवेले ३६ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रनको योगफल तयार पार्‍यो । अफगानिस्तानका नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन जोडे ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक तीन विकेट हात पारे । यता, समूह एकबाट भने इंग्ल्यान्ड र अष्ट्रेलिया ​पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : ५८ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात