२९ माघ २०८२, बिहिबार | February 12, 2026

लमजुङमा तितेपातीबाट व्यवसायिक तेल उत्पादन



लमजुङ । लमजुङको क्व्होँलासोंथर गाउँपालिका-८ घाम्राङबेसीमा तितेपातीको व्यवसायिक तेल उत्पादन सुरु गरिएको छ ।

हिमालयन हर्बो सेन्टर घाम्राङ लमजुङले तेल उत्पादन सुरु गरेको हो । साविकको भोजे गाविसको मिदीम नदी किनारमा मेसिन जडान गरी तितेपातीको तेल उत्पादन थालिएको हो । यसको परीक्षण उत्पादन दुई वर्ष अघि नै सफल भएको हिमालयन हर्बो सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले बताए ।

उनका अनुसार ६ सय केजी तितेपातीबाट एक लिटर तेल निस्कन्छ । तितेपाती प्रतिकेजी चार रुपैयाँमा आफूहरूले गाउँलेहरूसँग खरिद गर्ने गरेको गुरुङले बताए । उनका अनुसार सो मेसिन जडान गर्नका लागि २६ लाख रुपैया खर्च लागेको छ ।

१४ लाख रुपैयाँ डिभिजन वन कार्यालय लमजुङबाट अनुदान प्राप्त भएको र बाँकी रकम कम्पनीका सञ्चालक चार जनाले संकलन गरी सञ्चालन गरिएको हो ।

पातीको तेल अमेरिका, जापान, युरोपमा बिक्री गरिन्छ । ठूलो परिणामको तेल उत्पादन नभएकाले हिमालयन हर्बो सेन्टरले विक्री गर्ने अध्यक्ष गुरुङले बताए ।

उनले भने, ‘यस तेलको बजार मूल्य प्रति लिटर गत वर्ष त नौ देखि १० हजार रुपैयाँ थियो अहिले लकडाउनका कारण ६ हजारमा झरेको छ ।’ एक वाहन तेल निस्कन चार घण्टाको समय लाग्छ । त्यसपछिका तीन घण्टामा पातीको प्रशोधन भई तेल निस्कन्छ । एक बाहनका लागि ५ भारी ९डोको० दाउरा लाग्ने र त्यो प्रति भारी एक हजार आठ सयमा खरिद गर्ने गरेको अध्यक्ष गुरुङले बताए ।

उक्त कम्पनीले एक मिस्त्री र एक सहायकलाई पुरा समयका नोकरी र एक जनालाई आंशिक काम दिएको छ भने दिनमा सात जनादेखि १५ जनासम्मले तितेपाती कम्पनीमा ल्याउने गरेको कम्पनीका सेयर सदस्य खड्गबहादुर परियारले बताए । उनले भने, ‘हामीले कम्पनीको चालु पूँजी आठ लाख रुपैयाँ राखेका छौं ।’

तीतेपातीसँगै उँमा अब रोजमरी, तुलसी, जेनेमियमको उत्पादन थाल्ने परियारले बताए । उनले भने, ‘त्यसका लागि हर्बो कम्पनीले नै नर्सरी स्थापना गरी विरुवा उत्पादन गरेर खेती गर्न चाहने किसानलाई वितरण गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ६ : ५९ बजे

लुम्बिनी वल्ड स्कुलको अध्यक्षमा गोपाल टण्डन

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाबाट गोपाल

बागलुङमा स्कूल बस दुर्घटना; २३ विद्यार्थी घाइते, पाँचको अवस्था गम्भीर

बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल