३ पुस २०८२, बिहिबार | December 18, 2025

साग भनेर धतुरो खाँदा लमजुङमा एकको मृत्यु, दुई जना बिरामी



लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एक जनाको ज्यान गएको छ । दुई जना बिरामी भएका छन् ।

साग भनेर धतुरोको तरकारी खादा ८३ पवित्रा खड्काको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए । तरकारी खाएर बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भएको छ । दुबै जना उपचारपछि घर फर्किएका छन् ।

आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राती बेहोस भएको डीएसपी कार्कीले बताए । उनका अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : २६ बजे

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको