२१ चैत्र २०८२, शनिबार | April 4, 2026

बेलारूसबाट अबैध ढंगले प्रवेश गरेका हजारौं आप्रावासी पोल्यान्डको सिमानामा रोकिए



एजेन्सी । पोल्यान्डले आफ्नो देशतर्फ प्रवेश गर्न लागेका हजारौं आप्रावासीलाई रोकेको जनाएको छ । बेलारूसको पूर्वी सिमानाबाट आफ्नो देशतर्फ बढेका आप्रावासीलाई रोकेको पोल्यान्डले जनाएको हो ।

दुई देशको सिमानामा राखिएका काँडेतार नाघेर आप्रावासीहरु पोल्यान्डतर्फ प्रवेश गरिरहेको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ ।

आप्रावासीको प्रवाह बढेपछि पोल्यान्ड सरकारले आकस्मिक वैठक बोलाएको थियो । बैठकले सिमानामा १२ हजार सुरक्षाकर्मी तैनाथ गर्ने निर्णय गरेको छ । आफ्नो देशमा आएका अबैध आप्रवासीलाई सिमानामा पठाइदिएको पोल्यान्डले बेलारुसमाथि आरोप लगाएको छ ।

पछिल्लो समयमा बेलारुसबाट गैरकानूनी रुपमा आप्रावासीहरु पोल्यान्ड, लिथुआनिया र लाटभियातर्फ प्रवेश गरेका ती देशहरूले गुनासो गर्दै आएका छन् । तीमध्ये अधिकांश आप्रावासी मध्येपूर्व र एसियाली देशका छन् ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले अन्य मुलुकमा गैरकानूनी आप्रावासीको प्रवाह बढाउन सहयोग गरेको युरोपेली देशहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : ३६ बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल