२१ चैत्र २०८२, शनिबार | April 4, 2026

प्रधानसेनापति शर्मा दिल्ली प्रस्थान



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा मंगलबार प्रधानसेनापति शर्मा नौ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन् ।

भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न उनी दिल्ली भ्रमणमा गएका हुन् । नेपाल र भारतका सेना प्रमुखलाई कदरस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा बुधबार हुने विशेष समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

उनका अनुसार भ्रमण सकेर प्रधानसेनापति शर्मा शुक्रवार स्वदेश फर्कनेछन् । २० कात्तिक २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्रदान गरेकी थिइन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ४८ बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल