२१ चैत्र २०८२, शनिबार | April 4, 2026

‘फास्ट ट्रयाक’ विधिबाट चैतभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइने



काठमाडौं । गत असार एक गतेको बाढीले क्षति पु(याएको मेलम्ची खानेपानी आयोजनालाई थप मर्मत गरी फास्ट ट्रयाक अपनाएर पानी चैत भित्रै काठमाडौं ल्याउने तयारी थालिएको छ ।

मेलम्ची खानेपानी विकास समितिले कार्ययोजनानै बनाएर फास्टट्रयाकबाट पानी ल्याउने काम अघि बडाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले जानकारी दिए ।

हाल त्यस क्षेत्रमा बाढी तथा पहिरो भत्काएको सडक अस्थायी रुपमा मर्मत गरी मुहान क्षेत्रसम्म गाडी पुग्न सक्ने भएको छ । यस अघि अस्थायी बाँध र दुईसय मिटरको वैकल्पिक सुरुङबाट मुख्य सुरुङमा पानी लगिएको थियो ।

बाढीले वैकल्पिक सुरुङभित्र लेदो थुपारेको छ । यता मुख्य सुरुङको करीब पाँच किलोमिटर खण्डमा जम्मा भएको पानी निकालेपछि वैकल्पिक सुरुङबाट खोलालाई मुख्य सुरुङमा खसालेर पानी काठमाडौं ल्याउन सकिने समितिले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट बक्तव्यमा चैतसम्ममा काठमाडौंमा मेलम्चीको पानी झारेर वितरण गरी सक्ने भन्ने उल्लेख गरेको थियो । समितिले खानेपानी तथा सरसफाइ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा कार्ययोजना पेश गर्ने र त्यस पछि काम शुरु गर्ने तयारी गरेको पन्तले जानकारी दिए ।

सुरुङ सफा गर्ने, बाटो बनाउने, पहिरो नियन्त्रण गर्ने र मेलम्ची नदीलाई च्यानलाइज गर्ने गरी कार्ययोजना तयारी गरेको जनाएको छ । आजको गोरखापत्र दैनिकमा छेटु शेर्पाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : २६ बजे

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का